पोखरा । पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले छलफल गरेका छन् । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनीहरुले सो विषयमा छलफल गरेका हुन् ।
पोखरामा निर्माणाधीन विमानस्थल यसै वर्ष सकिने लक्ष्य रहेकोमा कोरोना प्रभावले १ वर्ष पछि धकेलिएको छ । विमानस्थल सञ्चालन आएलगत्तै दुई सहरबीच सिधा उडानले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरु आकर्षित हुने गरेका छन् । हाल ढाका–काठमाडौं दैनिक एक उडानमात्रै हुँदै आएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले ५ करोड जनसंख्या रहेको बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्राउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुन सक्ने बताए ।
नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिदिने प्रतिबद्धता जनाए । पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बंगलादेशीहरु नेपाल आउने गरेकोमा २० हजार जति पोखरा घुम्ने बताए ।
पोखरा पर्यटन परिषद् पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नाट्टाका पूर्व अध्यक्ष वासु त्रिपाठी, परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हरिराज अधिकारी, नाट्टाका सचिव संगीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल लगायतले बोलेका थिए । छलफलमा बंगलादेशका ५ जना प्रतिनिधिको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१