गण्डकी प्रदेश योजना आयोग पूर्ण, सदस्यमा माया तिम्सिना

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८
planning comission oatha

पोखरा। गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन् । तिम्सिनाको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ ।
नवनियुक्त सदस्य तिम्सिनालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले पद तथा गोपनीयताको सपथ गराए । उक्त अवसरमा मन्त्रीहरु कुमार खड्का, हरिशरण आचार्य, प्रदेश सभा सदस्य ओमकला मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी थिए ।

सपथपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि अनुभव प्रयोग गर्न आग्रह गरे । संघ तथा प्रदेशका पञ्चवर्षीय योजना कार्यान्वयन, दीगो विकासका लक्ष्य प्राप्तिका साथै रोजगारी सिर्जना हुने गरी आयोगले काम गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरा–३३, भोटेपोखरीकी तिम्सिनाले अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी छन् । जनसांख्यिक अर्थशास्त्र, कृषि, खाद्य सुरक्षा, सार्वजनिक खर्च प्रणाली, वित्तीय संघीयता, रोजगारी र आम्दानीको वितरण लगायत विषयको अनुसन्धानमा उनको विशेष रुचि छ ।

उनीसँग त्रिभुवन विश्वविद्यालय मातहतको रत्नज्योति कलेज, काठमाडौंमा अध्यापन गरेको अनुभव छ । सपथपछि उनले प्रदेश सरकारको गरिमा थप उँचो पार्ने गरी काम गर्ने प्रतिबद्धता जनाइन् । पोखरेल सरकारले यसअघि उपाध्यक्ष र सदस्यमा क्रमशः डा. रघुराज  काफ्ले र डा. सुवास अधिकारी नियुक्त भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराका भवन निर्माणमा नयाँ प्रविधि

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) सम्बन्धी प्रशिक्षण बुधबारदेखि सुरु भयो…
  • सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width