हेमजा । अर्घाखाँची शीतगंगा १४ का प्रहरी जवान यदुनाथ न्यौपाने मंगलवार श्रीमतीको प्रसूतिका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पुगे । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको सुरक्षामा खटिएका न्यौपाने श्रीमती सरस्वती सुवेदीलाई लिएर अस्पताल पुगेका हुन् । यसअघि पहिलो बच्चाका लागि पनि उनी गण्डकीमै गएका थिए ।
केही वर्षपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्दा भने निकै नौलो अनुभूति भएको उनी बताउँछन् । प्रसूति भवन नयाँ र व्यवस्थित बन्दै गरेको देखे । उनमा आश पलायो, अबका दिनमा प्रसूतिका लागि अस्पतालमा सहजता थपिने भयो ।
त्यस्तै, स्याङ्जा चापाकोट–८, दामाचौरकी मीना घर्ती पनि भाञ्जी चन्द्रकला कुमाललाई लिएर सुत्केरी गराउन आइतबार राति गण्डकी अस्पताल पुगिन् । भिडियो एक्सरे गरेर चन्द्रकलालाई भर्ना गरियो । उनको निर्धारित प्रशव मिति असार २३ रहेकोमा ‘डेट’ कटिसकेपछि सुरक्षित प्रसूति हुनेमा उनी विश्वस्त छिन् । किनकि विशेषज्ञ चिकित्सकसहित प्रसूतिकै लागि भनी अस्पतालमा सुविधासम्पन्न नयाँ भवन बनेको छ । उनले भनिन्, ‘पहिलो चोटी आएका हौं । अन्य अस्पतालभन्दा यही नै विश्वसनिय लाग्छ ।’
न्यौपाने र घर्ती प्रतिनिधि पात्र मात्रै हन् । नियमित अवस्थामा यहाँ दैनिक १ हजार बढी बिरामी उपचारका लागि आउने गरेकोमा २० देखि ३० जना प्रसूतिकै हुने गर्दछन् । यसअघि कोभिडको समयमा सुत्केरी गराउनेको संख्या घटेर दिनमा ५÷६ जनामात्रै थियो । नयाँ भवनबाट सेवा दिन थालेसँगै अहिले दैनिक १० देखि १२ जनासम्म आउने गरेको अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए । नयाँ भवनमा प्रसूति सेवा सञ्चालनमा ल्याएसँगै सुत्केरी गराउनेको संख्या दिनप्रतिदिन बढ्दो छ । जससँगै सहजता थपिएको प्राडा खत्रीले बताए ।
भवन निर्माण भएर सञ्चालनमा आएसँगै यसअघि प्रसूति गराउँदा शल्यक्रियाका लागि पालो कुर्नुपर्ने, बेड, बिजुली तथा अक्सिजन अभाव झेल्नुपर्ने साथै ठाउँको अभावमा राम्रोसँग ओपिडी मापदण्ड कार्यान्वयन गर्न नसकिएकोमा अब ती समस्याबाट मुक्ति मिलेको छ । भवनमा अक्सिजन प्यान्ट समेत छ ।
हाल आंशिक रुपमा भवन सञ्चालनमा ल्याइएको भए पनि अब अप्रेसन कोठासमेत सारी केही दिन भित्रै पूर्ण सञ्चालन गर्ने तयारी पनि अस्पताल प्रशासनले गरेको छ । सो भवन कुल १ सय ८० वेड क्षमताको छ । करिब २ सय बेड क्षमताको हुन्थ्यो तर अप्रेसन थिएटर पनि निर्माण गर्नुपर्दा करिब २० बेड क्षमता घट्न पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
२८ करोडको लागतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालभित्र सुविधासम्पन्न ४ तले नयाँ भवन निर्माण गरिएको हो । जसमा मेडिकल वार्ड, ओपिडी, ९ वटा अप्रेसन कोठा, प्रसूति लगायत वार्ड छन् ।
९ वटा अप्रेसन कोठामध्ये ७ वटा पूर्ण तयारी अवस्थामा छन् । यसअघि ४ मात्रै अप्रेसन कोठा थिए । त्यस्तै बेड पनि पहिलेको तुलनामा आरामदायी रहेको जनाइएको छ ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले शिलान्यास गरेको उक्त अस्पताल भवन करिब ५ वर्षको अन्तरालमा निर्माण सम्पन्न भएको हो । यद्यपि यो साढे २ वर्ष अगाडि नै निर्माण सकिनु पर्दथ्यो । भवन हाल १ महिनाअघि देखिमात्रै सञ्चालनमा ल्याइएको छ । पहिला आउँदा कोरोना सर्ने पिरले सताउने थियो । तर अहिले भवन छुट्टै हुँदा निजी अस्पतालमा आएजस्तो भएको सेवाग्राही बताउँछन् । त्यसमा साथै भवनमा लिफ्ट समेत व्यवस्था गरिएको छ । बस्न पनि शान्त सफा, पहिलाभन्दा धेरै सजिलो भएको सेवाग्राहीको ठहर छ । अस्पतालका अन्य भवन २०७२ वैशाखमा गएको भूकम्पसँगै जीर्ण भएका छन् । जीर्ण भवनलाई नयाँ रुवरुप दिन अस्पताल प्रशासनले रेट्रोफिटिङ गरिरहेको छ । अस्पतालले हाल २ वार्ड कोभिड उपचारका लागि पनि छुट्टाएको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१