दमौली । उर्लिएको सेती । तैपनि सेतीतर्फै मानिसको तँछाडमछाड । हेर्दै अचम्म लाग्ने । किनकि नदीमा बग्दै आएका मुढा र दाउरा समात्न उनीहरु व्यस्त छन् । अझै नदी उर्लिएर आए जिन्दगीको सबाल के होला,उनीहरु सोच्नसम्म भ्याउँदैनन् । निरन्तर वर्षासँगै आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्न सेती र मादी नदीको बगरमा स्थानीय यसरी तछाडमछाड गर्ने गर्छन् ।
व्यास ३ बिसघरे, ऋषिङ १ झापुटार र व्यास १ हाइकुलटारका वासिन्दालाई नदी उर्लिएसँगै बगाएर ल्याएका दाउरा र मुढा समाउन भ्याइनभ्याइ छ । बर्खाको समय नदीको बहाव कतिबेला बढ्ने हो यकिन हुँदैन । तर, नदी आसपासका स्थानीय नदीमै पुगेर दाउरा संकलन गर्दा ज्यानको जोखिम हुने गरेको छ ।
प्रशासनले ज्यानको जोखिमका कारण नदीमा नजान सार्वजनिक सूचना जारी गरे पनि मानिसहरु दाउरा खोज्न व्यस्त हुने गरेका छन् । त्यसमध्ये एक पात्र हुन्, ऋषिङ १, झापुटारका राजीव थापामगर । उनलाई अहिले दाउरा र मुढा समाउन भ्याइनभ्याइ छ । वर्षायाममा मात्र उनलाई यो कार्यले ८ हजारभन्दा बढी आम्दानी दिइसकेको छ । संकलित मुढा चिरेर दाउरा बनाउने, बार लगाउने र राम्रा मुढा आए ससाना कुर्ची टेबल बनाएर बिक्री गर्न सकिन्छ । खेरा गएका काठ दाउरा सुरक्षित भएर संकलित गर्दा आम्दानीसँगै घरायसी प्रयोजनमा सहयोग मिलेको व्यास १, भादगाँउकी पार्वती मल्लले बताइन् । वर्षैपिच्छे असार–साउनमा नदी आसपास घर हुने स्थानीयको दैनिकी दाउरा संकलन गर्ने र माछा मार्ने गरेरै बित्छ । ठूलो बाढी आएको समयमा एकै दिनमा १० देखि १५ भारीसम्म दाउरा संकलन हुने मल्लको भनाइ छ ।
‘विगतका वर्षमा त बाढीमा एकै दिन निकै धेरै दाउरा संकलन गरिन्थ्यो,’ मल्लले भनिन्, ‘दाउरा एक ट्याक्टर संकलन गरिन्थो अहिले पहिले जसरी दाउरा पाउनै मुस्किल छ ।’ दाउरा वनमा नपाइने भएकाले बाढी आएपछि नदीमा आउने गरेको उनले बताइन् ।
केही परिवारले त नदीबाट संकलन गरेका दाउरा बेच्ने समेत गर्दै आएका छन् । ‘ज्यान जोखिममा राखेर दाउरा संकलन गरिरहेका छौं,’ व्यास ३, बिसघरेकी घर भएकी होटल संचालक मञ्जु श्रेष्ठले भनिन्, ‘होटलका लागि दाउरा आवश्यक पर्छ । यसरी काम नगरे दाउरा अभावमा होटल चलाउनमै गाह्रो हुन्छ ।’
स्थानीय विष्णु भण्डारी भन्छन्, ‘बगाएर ल्याएका सिंगै रुखलगायत ठूला–ठूला मुढाहरु ल्याउन समूहमा नै जाने गरेका छन् ।’ कहिलेकाहीँ यस्ता कार्य प्रशासनले रोकिदिने गुनासो उनीहरूको छ ।
त्यस्तै बाढीको समयमा नदी छेउछाउमा ठूला माछासमेत आउने भएकोले जाल हानेर माछा मार्ने काममा समेत स्थानीय युवाको दैनिकी हो । खोला ठूलो भएर माछा नपाएको एक युवा सुमन कार्कीले बताउँछन् । उनले सेतीमादी नदी बढेको बेलामा ठूला माछा आउने भएकोले माछा मार्न नदीमा आएको बताए । ‘नदी बढेको बेला खासै माछा त पाइँदैन तर प¥यो भने ठूलो माछा पर्छ,’ उनले भने । सेती र मादी बढेपछि पुलमा हेर्नेहरूको घुँइचो नै लाग्छ । पौडी खेल्न जान्नेहरू भने किनारमै बसेर दाउरा संकलनमा व्यस्त हुन्छन् । बालबालिकादेखि युवाको उत्तिकै भीड देखिने सो जोखिमपूर्ण काम गर्दा सचेतना भने जरुरी छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१