हेमजा । पोखरा २५, हेमजाको वडा कार्यालयले वडाभित्रका महिला स्वास्थ्य स्वयं सेविकालाई छाता र पछ्यौरा (सल) प्रदान गरेको छ । कार्यालयले वडाका कूल ३५ स्वयंसेविकालाई आइतबार कार्यक्रमबीच ती सामग्री प्रदान गरेको हो । त्यस अवसरमा बहुद्देश्यीय सामुदायिक सिकाई केन्द्रले स्वयंसेविकालाई झोला पनि वितरण गरेको थियो ।
उक्त कार्यक्रममा धारणा राख्दै वडाध्यक्ष शोभाकर तिम्सिनाले स्वयंसेविकाको कार्य प्रशंसनीय रहँदै आएको चर्चा गर्दै मानिसमा हरेक मृत्युदर घटाउन स्वयं सेविकाको उल्लेख्य योगदान रहँदै आएको बताए । पछिल्लो पटक कोरोना भाइरस नियन्त्रणमा पनि स्वयं सेविकाको कार्य सराहनीय रहेको उनको ठहर छ ।
वडा सदस्य लक्ष्मी अधिकारीले स्वयंसेविकाको प्रोत्साहन गर्नुपर्ने भन्दै वडाले कार्यक्रम राखेको औंल्याइन् । कार्यक्रममा कार्यक्रमकी संयोजक वडा सदस्य तारा विश्वकर्मा, वडा सचिव ईश्वरीप्रसाद पोखरेल, वडा स्तरीय स्वयं सेविकाकी अध्यक्ष शान्ता केसी, बहुद्देश्यीय सामुदायिक सिकाइ केन्द्रकी परिचालिका गंगा त्रिपाठी, स्वयंसेविका विष्णुकुमारी श्रेष्ठलगायतले पनि धारणा राखेका थिए ।
त्यस्तै सोही दिन हेमजा स्वास्थ्य चौकीमा कार्यरत ७ कर्मचारीलाई पनि छाता प्रदान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१