नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माण थालनी गरेको पक्की पुल ८ वर्ष बितिसक्दा पनि बनेको छैन । निर्माण कम्पनीको लापर्बाही र सडक डिभिजन कार्यालयको उदासिनता कारण निर्माणाधीन पुल अलपत्र अवस्थामा छाडिएको हो । पुल निर्माण हुन नसक्दा १५ मिनेटमा पुग्ने गाउँका लागि स्थानीय १ घण्टा लगाएर आवतजावत गर्नुपर्ने बाध्यता छ ।
गाउँपालिकाको भुजहवा र मधौलिया गाउँ जोड्ने पुल निर्माणका लागि २०६९ असार २६ मा सम्झौता भएको थियो । पूर्वमन्त्री हृदयेश त्रिपाठीको निर्वाचन क्षेत्रमा पर्ने उक्त पुल तत्कालीन भौतिक, योजना निर्माण तथा यातायात मन्त्री हुँदा उनैले शिलन्यास गरेका हुन् ।
सडक डिभिजन कार्यालय बुटवलअन्तर्गत उक्त पुलको कुल लागत ५ करोड ५४ लाख हो । तर निर्माण कम्पनीले ३ करोड ७१ लाखमा ठेक्का लिएको डिभिजन कार्यालयका इ. अशोक पौडेलले बताए । २ वर्षभित्र काम सक्ने गरी काठमाडौं मैनाचोली बक्सिङ्ग जेभी कम्पनीलाई ठेक्का दिइएको हो ।
समयमा काम नसकेपछि हालसम्म ३ पटक म्याद थपिएको छ । क्षतिपूर्ति लगाउने गरी अन्तिम पटक २०७७ जेठ २६ भित्र काम सक्न म्याद थप गरिएको थियो । तर सो अवधिमा पनि काम पूरा गर्न नसकेको इ. पौडेलले जानकारी दिए ।
पुलको अन्य काम अरुलाई दिएर निर्माण कार्य अघि बढाउन समेत कार्यालयले पहल गरेको छैन भने कालोसूचीमा समेत राखिएको छैन । ‘ठेक्का तोडर अरुलाई दिँदा झन्झटिलो र लामो समय लाग्ने भएकाले क्षतिपूर्ति लिएर भए पनि सोही कम्पनीलाई काम गर्न भनेका छौं,’ इ. पौडेलले भने । अहिलेसम्म ८८ प्रतिशत काम सकिएको पौडेलको दाबी छ ।
अहिलेसम्म निर्माण कम्पनीले ५० प्रतिशत भन्दा बढी रकम लागिसकेको कार्यालयले जनाएको छ । २ वर्षदेखि बाँकी काम भएको छैन । काम तत्काल सुरु गर्न निर्माण कम्पनीलाई पटक पटक ताकेता गरिरहेको र काम सकिएपछि क्षतिपूर्ति कटाएर रकम भुक्तानी गरिने कार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१