दमौली । व्यास ६ वादीका रमेश कुँवर कक्षा ५ उत्तीर्ण गरी ६ मा भर्ना हुन गए । कुँवंरले झोलाभरि नयाँ किताब बोकेर घर फर्किए । झोलाभरि किताब पाउँदा उनी दंग उनले कक्षाकोठामा पढाइ कहिले भन्ने प्रश्नको जवाफ भने पाएनन् । कोरोना जोखिम कहिले हट्छ यो तत्कालै कसैले जवाफ दिनसक्ने सवाल नै होइन । ‘किताब पाइयो । स्कुल जान कहिले पाइने हो ठेगान छैन,’ उनले भने, ‘छिटो यो महामारी हटोस् अनि विद्यालय जान पाइयोस् ।’
कोरोना महामारी नभएको भए वैशाखबाट नै नयाँ शैक्षिक सत्र सुरु हुने थियो । कोरोना कहर झेल्दै तनहँुका सामुदायिक तथा निजी विद्यालयले १ असारदेखि विद्यार्थी अभिलेखीकरण र उपलब्ध पाठ्यपुस्तक वितरण गर्न सुरु गरेका हुन् । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या आधारमा निशुल्क पाठ्यपुस्तक वितरण पनि सुरु गरिएको छ । ‘विद्यार्थीको अभिलेखीकरण गर्ने र पाठ्यपुस्तक वितरण सँगसँगै थालेका छौँ’, विद्यालय प्रधानाध्यापक रामकाजी श्रेष्ठले भने । उनले थपे, ‘स्वास्थ्य सावधानी अपनाएर विद्यार्थी भर्ना गर्ने र पाठ्यपुस्तक वितरणको काम गरिरहेका छौं ।’
जिल्लाका १० वटै स्थानीय तहअन्तर्गत सबैजसो विद्यालयमा विद्यार्थी अभिलेखीकरण गर्ने र पाठ्यपुस्तक वितरणको काम भइरहेको छ । नियमित पठनपाठन कहिलेदेखि हुने भन्नेमा अन्यौल छ । विद्यालयले आन्तरिक मूल्यांकनको आधारमा अघिल्लो शैक्षिक सत्रको नतिजा निकालेर भर्ना सुरु गरेका हुन् । व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीका अनुसार निशुल्क पाठ्यपुस्तकका लागि सामुदायिक विद्यालयमा शतप्रतिशत रकम निकासा गरिएको छ । निशुल्क पाठ्यपुस्तकका लागि ५७ लाख २६ हजार ८ सय ३७ रुपैंयाँ विद्यालयमा पठाइएको हो । विद्यार्थी भर्ना अभिलेखीकरण असार १ गतेदेखि गर्न शिक्षा मन्त्रालयको निर्देशन थियो । जिल्लाका केही विद्यालयले अनलाइन कक्षा पनि सुरु गरेका छन् । तर ग्रामीण भेगमा अनलाइन पठनपाठन सुरु हुन सकेको छैन ।
अभिभावकले आफ्ना सन्तानको शैक्षिक अवस्था राम्रो होस् भन्ने हेतुले जेनतेन निजी स्कूलमा भर्ना गरेर पठनपाठन गराउने गर्थे । तर कोरोना महामारीले आर्थिक मन्दी छ । अभिभावकको आम्दानी घटेको छ । जसका असर विद्यार्थी भर्नामा देखिएन थालेको छ । अघिल्ला वर्षहरुमा निजी विद्यालयमा छोराछोरी पढाइरहेका अभिभावक अहिले सरकारीतर्फ लम्किएका छन् ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१