काठमाडौं । गत जुन महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका छन् । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।
अध्यागमन विभागले सार्वजनिक गरेको जुन महिनाको तथ्याङ्कअनुसार नियमित उडान बन्द भएका समयमा चार्टर्ड तथा उद्धार उडानमार्फत १११ देशबाट एक हजार १४३ विदेशी नेपाल भित्रिएका हुन् । यसमा ७०८ पुरुष, ४३४ महिला र एक जना अन्य नागरिक भित्रिएका हुन् । विभागले तथ्याङ्कअनुसार जुन महिनामा एक हजार १४३ विदेशी र नौ हजार ५५९ जना नेपाली गरी एक महिनामा १० हजार ७०२ जना नागरिक स्वदेश भित्रिएका छन् ।
निषेधाज्ञाका समयमा नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटक धेरै रहेका छन् । जुन महिनामा एक हजार १४३ विदेशी नेपाल भित्रने तीन हजार ६०६ बाहिरिएका छन् । एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै तीन हजार ६०६ जना विदेशी र नौ हजार ६५१ नेपाली गरी १३ हजार २५६ जना बाहिरिएका हुन् ।
कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिल महिनामा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिल महिनामा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । सन् २०२१ को छ महिनामा नेपालमा विभिन्न देशका ५८ हजार ५८ जना विदेशी पर्यटक भित्रिएका छन् ।
Related News
सम्बन्धित समाचार
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१