हेमजा । आयआर्जन वृद्धि गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले लागत साझेदारीमा पालिकाका किसानलाई भेडाबाख्रा वितरण गरेको छ । अन्नपूर्ण ११ स्थित अन्नपूर्ण भेडा बाख्रापालन समूहलाई शुक्रवार ३० भेडा (थुमा) तथा बिहीवार वडा ८ र १० मा बाख्रा वितरण गरिएको हो ।
साना मसिनरी (खसी बनाउन प्रयोग गरिने सामग्री), आन्तरिक तथा बाह्रय परजीवी नियन्त्रणका लागि औषधी तथा घाँसका बेर्न पनि वितरण गरिएको थियो । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले किसानको जीवनस्तर उकास्न बाख्रा तथा भेडा प्रवद्र्घन कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
पशु सेवा शाखा प्रमुख ऋषि दाहालले पालिकाभित्रका किसानलाई व्यावसायिक पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ भेडाबाख्रा वितरण गरिएको बताए । उक्त अवसरमा ११ का वडाध्यक्ष हिमबहादुर गुरुङ, वडा सदस्य इन्द्रमणि जैसी, घान्द्रुक घोरेपानी यातायात प्रालि अध्यक्ष जगन गुरुङ, समूहका अध्यक्ष मिकाश गुरुङ, सेञ्चुरी क्लब कोषाध्यक्ष श्याम गुरुङ लगायतले धारणा राखेका थिए ।
त्यस्तै, १५ भेडीगोठलाई १ सेटका दरले त्रिपाल, रेनकोट, सिलिपिङ ब्याग, गमबुट, टर्च लाइट, सोलार लगायत सामग्री पनि गाउँपालिकाले प्रदान गरेको छ ।
वडा ८ अध्यक्ष विजय गुरुङ र वडा १० का अध्यक्ष कुमार गुरुङको उपस्थितिमा घान्द्रुक बाख्रापालन समूहमा आवद्घ किसानलाई उन्नत जातको बाख्रा वितरण पनि गरिएको छ । समूह आवद्घ घान्द्रुकका ३० तथा दाङसिङका २० गरी कुल ५० किसानलाई जनही २ वटाका दरले खरी जातको बाख्रा वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले अनुदानमा दिइएको बाख्राबाट किसानको जीविकोपार्जनमा सहजता हुने विश्वास व्यक्त गरे । अध्यक्ष कुँवरले बाख्रापालन सजिलो पेसा भएको र राम्रो आयआर्जन गर्न सकिने समेत औल्याए ।
त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, ८ का वडाध्यक्ष विजय गुरुङ, १० का वडाध्यक्ष कुमार गुरुङ, घान्द्रुक बाख्रापालन समूहका अध्यक्ष तोरणबहादुर क्षेत्री लगायतले पनि बोलेका थिए । गाउँपालिकाले बाख्रा वितरणका लागि १० लाख तथा भेडा (थुमा) वितरणका लागि ९ लाख ५३ हजार खर्च लागेको पनि जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१