पोखरा । पोखराका पुराना व्यवसायी हेमबहादुर प्रधानको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा काठमाडौं भैंसेपाटीस्थित आफ्नै निवासमा आइतबार बिहान निधन भएको हो । उनी दम रोगबाट पीडित थिए ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघमा पूर्व उपाध्यक्ष समेत रहेका प्रधानको पोखराको व्यावसायिक तथा सामाजिक क्षेत्रमा ठूलो योगदान छ । १९९४ भदौ १७ मा पर्वतको पाङमा जन्मिएका प्रधान सफल उद्योगी, समाजसेवी तथा आध्यात्मिक व्यक्तित्वको रुपमा चिनिन्छन् । उनका ५ छोरी र १ छोरा छन् ।
यसैबीच, पोखरा उद्योग वाणिज्य संघले शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ । संघका तर्फबाट महासचिव सुरेन्द्रमान विजुक्छेले स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोककुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
प्रधान पोखरा उद्योग वाणिज्य संघमा २०२३ सालमा कार्यसमिति सदस्य, २०२५ देखि ०२७ मा सचिव, २०२९ देखि ०३४ मा उपाध्यक्ष हुँदै २०३५ देखि ०४१ सालसम्म अध्यक्ष थिए । तत्कालीन पोखरा व्यापार संघलाई पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरण गर्न तथा क्षेत्रीय उद्योग वाणिज्य संघको स्थापनामा उनको विशेष योगदान थियो ।
उद्योग वाणिज्य महासंघमा कार्यसमिति सदस्य तथा २०४४ सालमा उपाध्यक्षको जिम्मेवारी सम्हालेका प्रधान २०१९ सालमा पर्वतबाट पोखरा आएर कपडा व्यवसाय सुरु गरेका थिए । २०३३ सालमा पोखरा औद्योगिक क्षेत्रमा शिवशंकर बिस्कुट उद्योग, विन्दुवासिनी चलचित्र मन्दिर प्रालिसमेत सञ्चालन गरेका थिए ।
नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष, २१ वर्ष विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अध्यक्षसहित विभिन्न संघसंस्थामा आवद्ध प्रधानले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गर्ने गरी हेमदेवी धर्म संस्कृति तथा समाजसेवा कोष एवं विभिन्न संघसंस्थाको लागि पनि अक्षणकोष स्थापनामा सघाएका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१