पोखरा । पर्वत बाजुङ जन्मघर भइ हङकङमा कर्म गरिरहेकाहरुले जन्मभूमिको सेवा गर्न खोलेको संस्था हो, बाजुङ समाज हङकङ । समाजले मोदी गाउँपालिका ५ को बाजुङवासीलाई विभिन्न विपद् र अप्ठेरोमा सहयोग गर्दै आइरहेको छ ।
दुखमा मलम लगाउँदै आएको समाजले कोरोना माहामारीबाट सुरक्षित रहन र सेवालाई प्रभावकारी बनाउन बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री पठाएको छ । समाजले अक्सिजनसहित ग्लोब्स, मास्क लगायत विभिन्न स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।
समाजका तर्फबाट जयबहादुर सुवेदी, दिलकुमारी गुरुङ, चन्द्रा शर्माले वडाध्यक्ष दलबहादुर मल्ल, स्वास्थ्य चौकी प्रमुख गोकुल अधिकारीलाई सोमबार हस्तान्तरण गरे । अक्सिजन सिलिन्डर केही दिनमै स्वास्थ्यचौकीमा उपलब्ध हुने छ भने बाँकी सामग्री सोमबार नै हस्तान्तरण गरिएको हो ।
करिब १ लाख रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको समाजले स्वास्थ्यचौकीमै ५ लाख रुपैयाँका अक्षयकोष स्थापना गर्न लागेको संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार दुर्गाबहादुर गुरुङ मीलनले जानकारी दिए ।
संस्थापक अध्यक्ष गुरुङले १ लाख २० हजार, मीलन फाउन्डेसन नेपालका अध्यक्ष गंगाकुमारी गुरुङले १ लाख रुपैयाँ जम्मा गरेर अक्षयकोषका लागि रकम संकलन सुरु भएको थियो । अभियानमा हङकङका विभिन्न ठाउँमा कर्म गरिरहेका बाजुङवासीले सहयोगी हात फैलाइरहेका छन् । अहिलेसम्म कोषका लागि ५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
‘कोष निर्माण गर्ने अभियानमा हङकङका बाजुङवासीले सहकार्य गरिरहनुभएको छ । यो पुनित अभियान स्वास्थ्य चौकीको सेवा वृद्धि र बाजुङवासीको जीवन रक्षामा सहयोगी बन्ने छ,’ संस्थापक अध्यक्ष मीलनले भने, ‘कोषलाई अझै बढाउने प्रयत्न भइरहेको छ ।’
सञ्चालक समिति र कार्यविधि निर्माण गरी सञ्चालन हुने कोषबाट बाजुङवासीलाई चाहिने आपतकालीन स्वास्थ्य सेवामा सहयोग गरिने छ भने स्वास्थ्यचौकीको अत्यावश्यक सामग्री खरिदमा पनि खर्च गरिने छ । ‘कोषको ब्याजबाट २० प्रतिशत मुल पुँजीमै थप्नेछ भने ८० प्रतिशत जीवन रक्षा र सेवाका लागि खर्च गरिनेछ,’ उनले भने ।
स्वास्थ्य सामग्राी हस्तान्तरण तथा अक्षषकोष घोषणा कार्यक्रमा मोदी–५ बाजुङका अध्यक्ष दलबहादुर मल्ले समाजको अग्रसरताले ठूलो सहयोग पुग्ने बताए । ‘स्वास्थ चौकीमा सेवा थपिँदै छ । कोषमार्फत कसैले पनि अकालमा ज्यान जान नदिने सहयोग पुग्नेछ,’ अध्यक्ष मल्लले भने, ‘दुर्गाबहादुर गुरुङ मीलनजस्ता अभियान्तकै कारण बाजुङवासीले राहत महसुस गर्नेछन् ।’
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१