पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।
स्थापनाको छोटो अवधिमा नीति तथा कार्यक्रम, बजेट ल्याएको सरकारले जनताका आवश्यकता सम्बोधन हुने गरी काम थालेको उनले बताए ।
राजनीतिक स्थिरता कायम गर्दै प्रदेश सभालाई विघटनको दुर्घटनाबाट बचाउन उनले यो सरकारलाई विश्वासको मत दिन आवश्यक रहेको भनाइ राखे ।
अहिले प्रदेश सभामा विश्वासको प्रस्तामाथिको छलफलमा सांसदहरुले भाग लिइरहेका छन् ।
एमालेका मायानाथ अधिकारी, कांग्रेसका विष्णु लामिछाने, माओवादीका रामजी बराल जीवन, धनमाया लामा पोखरेल, एमालेका कृष्णबहादुर थापाले आफ्ना भनाइ राखेका छन् ।
राजनीतिक दलका प्रतिनिधिले छलफल गरेर सकिएपछि आजै बस्ने दोस्रो बैठकमा मत विभाजनमा जाने कार्यसूची कार्यव्यवस्था परामर्श समितिबाट टुंगो लागिसकेको छ ।
जेठ २९ गते नेपालको संविधान धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुुक्त पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
बिहीबार राहत सामग्री लिएर मनाङ पुगेका मुख्यमन्त्री पोखरेल मौसम खराबीका कारण उतै रोकिएपछि यता संसदको कार्यसूची के होला भन्ने थियो । मुख्यमन्त्री सहितको टोली शुक्रबार बिहानै पोखरा फर्किएको छ ।
पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि नेपालमा संविधान धारा १६८ को ५ अनुसार कृष्णचन्द्र नेपाली पोखरेल जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नीति तथा कार्यक्रम पारित भइसकेको र सरकारले बजेट प्रस्तुत गरे पनि विश्वासको मत लिएपछि मात्र छलफल सुरु गर्ने सहमति दलहरुबीच भएको छ ।
सरकारले हतारमा बजेट ल्याउनु परेकाले रातो किताब पनि तयार भइसकेको छैन । मन्त्री कुमार खड्का रातो किताब तयारका लागि आफूहरु लागिरहेको र छिट्टै तयार गरेर छलफलमा जाने बताए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा अहिले सरकारसँग ३१ मत छ । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन् । सभामुखले मत हाल्न पाउँदैनन् । उता प्रमुख प्रतिपक्षी दल एमालेसँग आफ्नो पार्टीको मात्रै २७ सांसद छन् । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद पनि उनकै पार्टीले कारबाही गरेपछि गुमेको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१