लमजुङ । अविरल वर्षाका कारण मनाङको जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाममा ३ घर र १ सरकारी कार्यालय बगाएको छ भने आधा दर्जन बढी घरमा बाढी पसेको छ । यस्तै, नासों गाउँपालिका २, धारापानीमा १ घर बगेको छ । डुवानमा पर्दा जिल्लाको प्रवेश नाका ताल बजार पुरै विस्थापित भएको छ ।
मनाङमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेका अनुसार चामेमा जिल्ला हुलाक कार्यालय, ३ निजी घर बगाएको छ भने चामेबजारको मुख्य पुल समेत बगाएको छ ।
बाढीले सदरमुकाम चामेमा हुलाक कार्यालसहित ४ घर र नासोंमा १ घर बगाएको छ भने तालगाउँ पुरै डुवानमा परेको छ ।
सोमबार सदरमुकाम चामेमा घट्टखोला र स्यार्कु खोलामा आएको बाढीले मस्र्याङ्दी नदी समेत केहीबेर थुनिएको थियो । यस्तै बाढीले विद्युत्का पोल ढलाएको छ । खानेपानीका पाइप बगाएको छ । मस्र्याङ्दी नदीमा बाढीले पानीको बहाव बढेसँगै नासों गाउँपालिका–१, तालगाउँका अधिकांश घर डुवानमा परेका छन् । १ घर बगाएको छ ।
६० घरधुरी रहेको तालगाउँमा अधिकांश घर डुवानमा परेको र गाउँ नै जोखिममा परेपछि स्थानीयलाई अन्यत्र सारिएको प्रजिअ लामिछानेले बताए । उनले भने, ‘गृह मन्त्रालयलाई जानकारी गराएर केही पाल र ड्राई फुड प्रबन्ध गर्न भनिएकोमा मौसम खराबीले हेलिकोप्टर आउने सकेको छैन ।’
बाढीले चामेको मस्र्याङदी नदी किनारमा रहेको तातोपानी कुण्ड बगाएको मनाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए । उनका अनुसार सदरमुकाम आउने तिमाङ खोलाको मोटरेबल पुल समेत बगाएको छ । उनले भने, ‘केही दिन अघिमात्रै तिमाङ खोला र स्यार्कु खोलामा निर्माण गरिएको काठको अस्थायी मोटरेबल पुल पनि बगाएको छ ।’ चामेको लघु जलविद्युत्को टनेल पाइप बगाएको छ । स्र्याकु खोलामा रहेको १५ किलोवाट लघु जलविद्युतको टनेल पाइप बगाएसँगै चामेमा पनि विद्युत अवरुद्ध छ । बाढीले तिमाङको बेलिब्रिजमा क्षति पु¥याएको छ ।
यसअघि गत जेठ १४ मा पनि चामेको घट्टेखोलामा आएको बाढी नयाँबजार बस्तीमा पसेको थियो । बाढीले केही टहरा, बिजुलीका पोल, सडक क्षतिग्रस्त बनाएको थियो ।
यसैबीच, मनाङ प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सचेत रहन जिल्लावासीलाई आग्रह गरेको छ । मनाङसँगै मस्र्याङदी नदी तटीय क्षेत्रका छिमेकी जिल्ला लमजुङ, तनहुँमा समेत सतर्कता अपनाउन आग्रह गरेको प्रजिअ लामिछानेले बताए । बाढीको पूर्व अनुमान गरी सुरक्षा सतर्कता अपनाएकोले हालसम्म मानवीय तथा चौपाया क्षति हुन नपाएको प्रहरीको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१