औषधी व्यवसायी संघ गण्डकीको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७८
news of Nepal Patrakar Mahasang

पोखरा । औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशको सभाहलमा उपस्थित पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, सचिव यदुनाथ बञ्जारा र महासंघ कास्की शाखा अध्यक्ष विमला भण्डारीलाई संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पाण्डे, महासचिव केशरी तिवारी, जिल्ला अध्यक्ष विक्रम पन्तले सामग्री हस्तान्तरण गरेका थिए ।

संघले सर्जिकल मास्क, सेनिटाइजर, भिटामिन ट्याब्लेट, सिटामोल, जिंक चक्की उपलव्ध गराएका छन् । फिल्डमा खटिनेदेखि कोरोना भई आइसोलेसनमा बसिरहेका पत्रकारलाई समेत लक्षित गरी सहयोग उपलव्ध गराएका छन् । औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पाण्डेले अग्रपंक्तिमा खटिने पत्रकारलाई सुरक्षित राख्न सकिन्छ कि भन्ने ध्येयले व्यवसायीको सहयोगमा स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराइएको बताए । सामग्री ग्रहण गर्दै महासचिव गोविन्द सुवेदी र जिल्ला अध्यक्ष विमला भण्डारीले धन्यवाद व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width