दमौली । जिल्ला दरमुकाम दमौलीबाट नजिककै छ, साँगे । बिजुली, सडक, खानेपानी लगायत आवश्यक पूर्वाधार पुगेको साँगे व्यास ५ र ६ मा पर्छ । आफ्नो दैनिक कामको लागि कच्ची सडक रहेको सिन्धुमार्गबाट यहाँका सर्वसाधारण आवतजावत गर्दछन् ।
२०७२ सालमा उक्त सडकको स्तरोन्नतिका लागि ग्रामीण सडक सुदृढीकरण आयोजनाअन्तर्गत (एसएनआरटिपी) परियोजनाले ९ करोड ८५ लाख रुपैयाँ बजेट आयो । लामो समयदेखि धुलो, धुवाँ खेप्दै आएका साँगेवासीमा सडक पिच हुने खबरले खुसीयाली चुलियो । स्तरोन्नति गर्ने जिम्मेवारी वाइपी कन्स्ट्रक्सनले पायो । कन्स्ट्रक्सनलले डेढ वर्षमा सिन्धु मोटरमार्गको १२.३ किमी सडक स्तरोन्नति सक्ने गरी माघ ८ गते सम्झौता ग¥यो । तर कम्पनीले समयमा नै काम सकेन । स्थानीय तह, प्रदेश र संघ सरकारको निर्वाचन कारण देखाउँदै २०७४ वैशाखदेखि १० महिना म्याद थप गरेर काम गर्न सुरु ग¥यो । पहिलो पटक पनि म्याद थप गर्दा काम सकिएन । निर्माण सामग्री अभाव कारण देखाउँदै कम्पनीले फेरि २०७५ मंसिरसम्म म्याद थप ग¥यो । तर समयमै भुक्तानी नभएको कारण देखाउँदै कम्पनीले तेस्रो पटक २०७६ भदौसम्म म्याद थप ग¥यो । त्यो बेलासम्म सडक स्तरोन्नति कार्य आधा पनि सकिएको थिएन । पटक–पटक म्याद थप गर्ने कम्पनीले सोचिरहेको बेला अनुदानमा आएको रकम फ्रिज भयो । त्यो बेलासम्म अनुदानको रकमबाट कम्पनीले ७ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । तर, समयमा नै काम नभएपछि अनुदानमा आएको रकममध्ये २ करोड फ्रिज भएको थियो ।
‘माकुराको जालोजस्तो काम पनि । कही काम नै भएका छैन, कतै भएका पनि भत्किएका छन् ।’
त्यसपछि गण्डकी प्रदेश सरकारले उक्त अलपत्र परेको योजनाको लागि ३ करोड विनियोजन गर्यो । तर, ३ पटकसम्म म्याद थपेर गत वर्ष चैतसम्म सक्ने सम्झौता गरेको ठेकेदार कम्पनीले अझैसम्म सकेको छैन । ‘खै अब हामीले त आश पनि मारिसक्यौं, अब वटासिलसहितको सडक बन्न बनेर,’ बाह्रबिसेकि अन्जु प्रधानले भनिन्, ‘धुलो, धुवाँ खाने त बानी परि सक्यो । बर्खामा हिलो हुन्छ । हिउँदेमा धुलाम्य हुन्छ ।’
व्यास ५ पतेनीदेखि व्यास ६, भत्तेरीसम्म वटासिलको काम भएको छ । तर वटासिल भत्किएका छन् । वटासिलभन्दा पहिला सडकको धुलो खेप्दै आएका स्थानीय भने अहिले खाल्डाखुल्डीको मर्कामा परेका छन् । अर्का स्थानीय सफल पण्डितले भने, ‘माकुराको जालोजस्तो काम पनि । कही काम नै भएका छैन, कतै भएका पनि भत्किएका छन् ।’
यता, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले वाइपी कन्स्ट्रक्सन सञ्चालक रत्न प्रधानलाई पटक–पटक स्पष्टीकरण लिए पनि काम पूरा हुन नसक्दा स्थानीय निराश बन्दै गएका छन् ।
कम्पनीको लापरबाहीले निर्माणमा ढिलाइ भएको जिल्ला पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालय प्रमुख ओमराज ढुंगानाले भने, ‘पटक पटक जरिवाना तिराएका छौं । अब अन्तिम मिति असारसम्म छ । उक्त समयसम्म काम नसके धरौटी जफत हुन्छ ।’
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१