गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत लिने

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७८
Gandaki cm ps gurung (3)

पोखरा । गण्डकीका  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत लिने भएका छन् । यसका लागि संसद सचिवालयमा मंगलबार प्रस्ताव दर्ता भएकाे छ ।

वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सभा सचिव हरिराज पोखरेलले बिहान ११ बजेर ५५ मिनेटमा प्रस्ताव दर्ता भएको बताए ।

विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width