पोखरा वृद्धाश्रमलाई ६० केजी तरकारी

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७८
help

पोखरा  । कोरोना भाइरसका कारणले हरेक क्षेत्रलाई प्रतिकूल असर पारेकोमा पोखरा वृद्धाश्रममा तरकारी सहयोग गरिएको छ ।

पोखरा १७, सीतापाइलास्थित पोखरा वृद्धाश्रममा विश्व हिन्दू महासंघ, पोखरा नगर कमिटीले शनिबार करिब ६० केजी तरकारी सहयोग गरेको हो । सहयोग वापत प्राप्त तरकारी ३ दिनसम्म पुग्ने पोखरा वृद्धाश्रमले जनाएको छ । वृद्धाश्रममा आश्रित व्यक्तिहरुको लागि दैनिक करिब २० केजी तरकारी आवश्यक पर्छ ।

विश्व हिन्दू महासंघले यतिबेला विभिन्न आश्रम र गुरुकूलहरुमा आवश्यक सहयोग प्रदान गर्दै आएको छ ।

महासंघ नगर कमिटी अध्यक्ष सविना क्षेत्रीको नेतृत्वमा आश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीलाई शनिबार तरकारी हस्तान्तरण गरिएको होे ।

कोरोना महामारीको समयमा पनि आफ्नो कर्तब्य सम्झेर सहयोग गर्ने सम्पूर्ण दातालाई आश्रमका अध्यक्ष पराजुलीले धन्यवाद ज्ञापन गरे ।

महासंघ नगर कमिटी अध्यक्ष क्षेत्रीले आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width