म्याग्दी । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको छ । कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लागि गाउँपालिका अध्यक्ष रोका मगरको पहलमा काठमाडौंस्थित माउन्ट हर्ट नेपालले गाउँपालिकालाई १० लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सो स्वास्थ्य सामग्री संस्था अध्यक्ष डा. अवन गौतमले गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लािग गाउँपालिकालाई सात थान अक्सिजन कन्सन्टेटर, भोल्टेज रेगुलेटर लगायत १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री गाउँपालिकालाई सहयोग गरिएको संस्थाका अध्यक्ष डा. गौतमले बताए । उनका अनुसार संस्थाले मालिका कगाउँपालिका सहित कास्की, मनाङ र काठमाडौं लगायत विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उनले संस्थाले स्वास्थ्य शिविर सञ्चालन गर्दैै आएको र हेटौडामा अस्पताल निर्माण गर्न लागिएको जानकारी गराए ।
विपद् समयमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्यकर्मीले संस्थाको स्थापना गरेको उनको भनाइ छ । सामग्री बिग्रिए संस्थाले नै मर्मत गर्ने उनले उद््घोष गरे । भूकम्प, बाढीपहिरो लगायत विपद्को समयमा संस्थाले विभिन्न ठाउँमा उद्धार, निशुल्क उपचार र सहयोग गरेको बताउँदै अध्यक्ष डा.गौतमले कोरोना कहरको समयमा कोरोना रोकथाम तथा नियन्त्रण र कोरोना संक्रमित विरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्ले स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।
गाउँपालिकाले संक्रमित बिरामीको उपचारका लागि आइसोलेसन, अस्थायी अस्पताल सञ्चालनसँगै समुदायस्तरमा थप कोरोना फैलिन नदिन स्वाब संकलन गरी परीक्षण दायरा बढाएको अध्यक्ष रोका मगरले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१