काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा जाने भएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले ८ मन्त्री र दुई राज्यमन्त्रीको नामसहितको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।
जसअनुसार शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने छन् । महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ । चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मियाँ वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने जनाइएको छ ।
२ राज्यमन्त्री चन्द्रकान्त चौधरी ऊर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् । मन्त्रीहरुको सपथ साँझ ६ बजे हुनेछ।
Related News
सम्बन्धित समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१