म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दीले ‘आपतकालीन कोष’ स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारलाई सघाउने उद्देश्यले कोष स्थापना गर्ने निर्णय गरेको हो ।
पहिलो दिनमै बैठकमा सहभागी महासंघका पदाधिकारी, सदस्य र सल्लाहकारबाट कोषमा १ लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको कोषाध्यक्ष अमित विश्वकर्माले जानकारी दिए । ‘पत्रकारका लागि पत्रकारकै सहभागितामा कोष स्थापना गरिएको हो,’ शाखा अध्यक्ष पौडेलले भने, ‘कोषको रकम बढाउदै लैजाने र ब्याजबाट आवश्यकता आधारमा कार्यविधि अनुसार सहयोग गर्छौ ।’
कोष परिचालन र सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्न शाखा सचिव सन्तोष गौतम, सहसचिव प्रमोद शर्मा र सदस्य सुदर्शनकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । आगामी बैठकमा कार्यविधिको मस्यौदा पेस गरिने सचिव गौतमले बताए ।
विपद्, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित हुने पत्रकारलाई आकस्मिक रुपमा विशेषगरी स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष पौडेलले बताए ।
महासंघ म्याग्दी शाखामा ६२ सदस्य छन् । शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले नयाँ कार्यसमितिको अल्पकालीन र दीर्घकालिन कार्ययोजना अनुसार पहिलो चरणमा आपतकालीन कोष स्थापना भएको बताए ।बेनीमा
मिडिया सेन्टर सञ्चालनको तयारी गरेको महासंघले बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको ४ आना जग्गामा भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन प्रक्रिया अघि बढाएको छ । पत्रकारको पेसागत सुरक्षा, क्षमता र सीप विकासका लागि तालिम सञ्चालन, हितकोष स्थापना र पत्रकारिता पुरस्कारको अक्षषकोष बनाउने योजना पनि महासंघको छ ।
Related News
सम्बन्धित समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१