राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनीबाट विपक्षी गठबन्धनका पाण्डेय विजयी

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
pande

पाेखरा ।  लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी भएका छन्। उनी विपक्षी गठबन्धनका उम्मेदवार हुन्।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन्। यो भनेको ४ हजार १४० मतभार हो।

पराजित सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले भने प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन्। यो भनेको ३ हजार ६१२ मतभार हो। निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width