माओवादी सचेतक गायत्रीलाई मातृशोक

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
manmaya

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गायत्री गुरुङलाई मातृशोक परेको छ । सांसद गायत्रीकी आमा मनमायाको आइतबार राति उपचारका क्रममा निधन भएको हो ।

कोभिड संक्रमणपछि उनको पोखराकै मेडिप्लस अस्पतालमा उपचार भइरहेको थियो । नेकपा केन्द्रीय सदस्य एवं बेपत्ता परिवार समाजकी संस्थापक सावित्री दुरा मनमायाकै छोरी हुन् ।

मनमायाको निधनप्रति विभिन्न राजनीतिक दल तथा सुभेच्छुक संघसंस्था एवं व्यक्तिहरुले दुख व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै