पोखरा १४ नयाँ बस्तीमा स्वास्थ्य सामग्री

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७८
ombikas pratisthan

पोखरा । २५६५ औं बुद्ध जयन्तीको अवसरमा श्री ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानद्वारा पोखरा १४ नयाँ बस्तीका विपन्न वर्गलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

कोरोना संक्रमणको जोखिमबाट सुरक्षित राख्नका लागि उक्त बस्तीका १३७ घर परिवारलाई ४० हजार रुपैयाँ बराबरको मास्क र डिटोल साबुनलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष सवि शेरचनले जानकारी दिए ।
प्रतिष्ठानका सल्लाहकार गोविन्द नेपालीको समन्वयमा उक्त स्वास्थ्य सामग्री दोभान नमुना टोल विकास संस्थाका अध्यक्ष डिलबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो । अध्यक्ष गुरुङले कोरोना महामारीको अवस्थामा विपन्न परिवारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको भन्दै प्रतिष्ठानलाई धन्यवाद दिए ।

स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरिएको कार्यक्रममा संस्थाका सचिव लोकेन्द्र राई, सहसचिव रामचन्द्र सुनार, आमा समूहका अध्यक्ष सुष्मा परियार, खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष नारायण गुरुङ, सचिव सोममाया तामाङलगायत उपस्थित थिए ।

कार्यक्रम टोल विकास संस्थाका सल्लाहकार सन्तोष परियारले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width