बागलुङ । कोरोना संक्रमितको स्वास्थ्यमाथि खेलवाड गर्दै बागलुङमा कम तौलका अक्सिजन सिलिन्डर भित्रिन थालेका छन् । अक्सिजन सिलिन्डरमा समेत अनियमितता हुन थालेको सूचना आधारमा बागलुङ भित्रिएका अक्सिजन सिलिन्डरको तौल चेकजाँच गर्नेक्रममा सो तथ्य फेला परेको हो ।
जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च, स्वास्थ कार्यालय समेतको संयुक्त अनुगमन टोलीले सदरमुकामस्थित मेडिकल पसलमा अनुगमन गरेको थियो । अनुगमनमा अक्सिजन सिलिन्डर मापदण्डविपरीत कम तौलको फेला परेको हो । अक्सिजन कम हुँदा धौलागिरि अस्पताल बागलुङमा उपचार गराइरहेका कोरोना संक्रमितले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले बताए ।
दिनहुँजसो अक्सिजन सिलिन्डर र नगद सहयोग भइरहेको समयमा कम तौलका सिलिन्डर भित्रिनुले गम्भीर खेलवाड भएको भन्दै यसतर्फ सचेत हुनुपर्ने जनस्तरबाट आवाज उठेको छ ।
सिलिन्डरको तौल लिँदा प्रत्येक सिलिन्डरमा ५ केजीदेखि ७ केजीसम्म कम तौल फेला परेको जनाइएको छ । कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।
यसैबीच, अन्नपूर्ण सर्जिकलले पोखरादेखि बागलुङसम्म अक्सिजन सिलिन्डर ल्याउने काम आफूले गरिरहेको तर यसबारे प्राविधिक ज्ञान नभएको डिलर युवराज पुनले बताए ।
कालीगण्डकी अक्सिजन प्रालिमार्फत अन्नपूर्ण सर्जिकलले अक्सिजनको खाली सिलिन्डर पोखरा लगेर रिफिल गरी ल्याउने गरेको छ । अहिले अक्सिजनको धेरै माग भएको कारण कम्पनीबाट पठाएको अक्सिजन कम तौलको भित्रिने गरेको देखिन्छ ।
बिरामीलाई लगाउँदै आएको अक्सिजन सिलिन्डर छिटो सकिएको गुनासो आएपछि संयुक्तरूपमा बजार अनुगमन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१