नवलपुर । पूर्वी नवलपरासीमा सोमबार १ सय ५ जना संक्रमित निको भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार विभिन्न अस्पतालमा उपचाररत रहेका ११ जना र होम आइसोलशेनमा रहेका ९४ जना गरी १ सय ५ जना निको भएका हुन् ।
कोभिडको दोस्रो लहर शुरु भए यता नवलपुरमा १ हजार ७ सय १२ जना संक्रमित भएकाहरु मध्ये सोमबारसम्म ६ सय जना निको भएका छन् ।
त्यसैगरी सोमबार १ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।
नवलपुरमा सोमबार गैडाकोटमा १८ जना, देवचुलीमा १२ जना, कावासोतीमा ४४ जना, मध्यविन्दुमा २० जना, विनयी त्रिवेणीमा २१ जना, हुप्सेकोटमा ४ जना, बुलिङ्गटारमा १ जना र बौदीकालीमा १ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसहित नवलपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ५० रहेको छ ।
त्यसैगरी सोमबार नवलपुरमा २ जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
नवलपुरमा पछिल्लो समय संक्रमण दर विस्तारै घट्न थालेको छ भने निको हुने दर विस्तारै बढ्न थालेको छ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१