नेलम्बोको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
nelambo

हेमजा  । नेलम्बो नेपालले कोरोना शुक्रवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । प्रतिष्ठानलाई ६० हजार बराबरका २० थान पिपिई तथा प्रहरीलाई १० थान पिपिई सहित ग्लोब्स्, फेससिल्ड, सनिटाइजर गरी ३२ हजार बराबरको सामग्री उपलब्ध गराइएको हो ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले प्रतिष्ठानका निर्देशक सहप्राडा. अर्जुन आचार्य र प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । देवकोटाले सरकार, संघसंस्था र नागरिकबीच हातेमालोबाट मात्रै महामारीविरुद्घ लड्न सकिने धारणा राखे ।

कार्यक्रममा डा. आचार्यले सहयोगप्रति आभार प्रकट गर्दै प्राप्त सामग्री सदुपयोग गरिने विश्वास दिलाए ।

प्रहरी उपरीक्षक श्रेष्ठले सहयोगको मूल्यांकन आमसमुदायले गरिरहेको बताए ।

नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रदान गरिएका सामग्रीका बारेमा जानकारी गराएका थिए।

संस्थाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि ३ लाख तथा प्रतिष्ठानमा कोभिड उपचारका लागि ५ सहयोग गर्ने घोषणा पनि गरेको छ । त्यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयसँग सहकार्य गरी प्रदेशस्थित जिल्ला अस्पतालमा पनि पुग्ने संस्थाको योजना पनि छ ।

Related News

सम्बन्धित समाचार

hero news full width