बागलुङ । गण्डकी प्रदेशको बागलुङ जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको निधन भएको छ । जिल्लाकाे ढोरपाटन नगरपालिका–९ बोबाङका ५७ वर्षीय शेरमान घर्तीको कोरोनाका कारण निधन भएको धौलागिरि अस्पतालले जनाएको छ ।
एक सातादेखि उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो । स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेका अनुसार आज उनको निधन भएको हो ।
घर्ती पूर्व गाविस अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य हुन् । यसअघि स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयर एवम् प्रदेश सभा सदस्यकाे उम्मेदवार बनेका थिए ।
यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१