पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास मत नदिने भन्दै विज्ञप्ति नै जारी गरे । तर पनि प्रधानमन्त्री र उनीबीच केही न केही सम्बन्ध कायमै छ ।
केही दिन अघि सरकारले राजदूत फिर्ता गर्दा देउवाकी सासु उक्त सूचीमा परिनन् । माओवादी कोटाबाट नियुक्त भएका अस्ट्रेलियका राजदूत मात्र फिर्ता फिर्ता बोलाइए ।
अहिले संवैधानिक परिषदको बैठमा पनि उनी सहभागी भएनन् । तर पनि उनका कोटाका भनिएका व्यक्ति सिफारिसमा परेका छन् ।
लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । देउवाको कोटाबाट सिफारिसमा परेका भनिएका उनी सर्वोच्चका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्
। कुमार रेग्मीकै इजलासले फागुन २३ गते नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् अवस्थामा फर्काउने फैसला गरेको थियो ।
आजको बैठकले अरु रिक्त निकायमा पनि पदाधिकारी सिफारिस गरेको छ । उनीहरुको नाम सार्वजनिक गरिएको छैन । बैठकमा सभामुख र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति भने अनुपस्थित थिए ।
प्रस्तावित संवैधानिक आयोगका पदाधिकारी संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१