म्याग्दीस्थित खिबाङ आविको ६३ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
barshikotsab tatha building udghatan (1)

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित खिबाङ आधारभूत विद्यालयले ६३ औं वार्षिकोत्सव मनाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइमार्फत प्राप्त २३ लाख ९० हजार लागतमा निर्माण गरिएको २ कोठे ट्रस भवन र आमा समूहले ५ लाख लागतमा निर्माण गरेको विद्यालय गेट उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजाले रिबन काटेर उद्घाटन गरे ।

कार्यक्रममा विद्यालय प्रधानाध्यापक टेकबहादुर खड्काले विद्यालयमा शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए । प्रअ गर्बुजाका अनुसार गाउँपालिकाको १० लाख रुपैयाँ सहयोगमा विद्यालयमा बालमैत्री खेलकुद सामग्री खरिद गरिएको छ ।

यसैबीच अक्षयकोष स्थापना गर्ने दातालाई सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जसबहादुर तिलिजाको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक लीलाध्वज खड्काले सञ्चालन गरेका थिए । कार्यक्रममा समाजसेवी रवीन्द्र गर्बुजा, गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुन, सुनबहादुर गर्बुजा, सुरेन पुन, मनबहादुर गर्बुजा लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width