गण्डकी खेलकुद परिषदमा मनोनीतलाई बधाई

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७८
vu pu manch

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्मा सदस्य सचिवमा मनोनीत मञ्च अध्यक्ष तेजबहादुर गुरुङ लगायतलाई भूतपूर्व खेलाडी मञ्च नेपालले बधाई ज्ञापन गरेको छ । सो अवसरमा परिषद् सदस्यमा मनोनीत मञ्चका द्वितीय उपाध्यक्ष दिलबहादुर गुरुङ र सदस्य केशव पाठकलाई पनि बधाई ज्ञापन गरियो ।

मञ्चले आफ्नो स्थापना दिवस अवसरमा समारोह आयोजना गरी उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।

सो अवसरमा राष्ट्रपतिबाट जनसेवा पदक चौथोबाट विभूषित मञ्चका सल्लाहकार समिति संयोजक मे.दिलबहादुर गुरुङलाई पनि सम्मान गरियो ।

कार्यक्रममा मञ्च अध्यक्ष तथा खेलकुद परिषद सदस्यसचिव तेजबहादुर गुरुङले खेलकुदको प्रेरणाले नै आफू यो स्थानमा आइपुगेको बताए । उनले प्रदेश खेलकुदको विकासमा सधैँ अग्रज व्यक्तिको सुझाव अग्रभागमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै खेलकुद विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका उपलब्धि आत्मसात गर्दै अघि बढ्ने बताए ।

जनसेवा पदकबाट विभूषित मञ्चका सल्लाहकार समिति संयोजक दिलबहादुर गुरुङले मञ्चले गर्दा नै आफूलाई ८३ वर्षको उमेरमा अझै सामाजिक अभियान कार्य गर्ने उर्जा मिलेको बताए ।

कार्यक्रममा मञ्चका सल्लाहकार जगनबहादुर गुरुङले पोखरा म्याराथनलाई मञ्चले सन २०२४ सम्म म्याराथनको छाता संस्था एम्समा पु¥याउन गरेको लक्ष्य निकै प्रशंसनीय रहेको बताए ।

मञ्चका प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष दिलबहादुर गुरुङ, सचिव कृष्ण तिमिल्सिना, सदस्य केशव पाठक लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width