कुमुदिनी होम्सको सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७८
Kumudini Homes News

पोखरा । कुमुदिनी होम्सले बिहीबार कास्कीका २ विद्यालयका विद्यार्थीलाई चस्मा वितरण गरेको छ ।

विद्यालयले माछापुच्छ्रे गाउँपालिकाको खादर्जुङस्थित बाराही प्राविका ७ र पुरुञ्चौरस्थित हिमालयन प्राविका ४ जना विद्यार्थीलाई चस्मा वितरण गरेको हो ।

ती विद्यालयमा अध्ययनरत् विद्यार्थीमध्ये केही दिनअघि ६५ जनाको परीक्षण गर्दा ११ विद्यार्थीले आँखा कम देख्ने गरेको रिपोर्ट आएको थियो । कुमुदिनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई चस्मा वितरण गरेको विद्यालयका संस्थापक अशोक पालिखेले बताए।

लोटस फाउन्डेसन जर्मनीको सहयोग तथा आँखा विशेषज्ञ डा. सोवित पौडेल र नेत्र सहायक अनुपकुमार सिंहको प्राविधिक सहयोगमा चस्मा वितरण गरिएको हो ।

कुमुदिनीले नियमित रुपमा वाराही र हिमालयन प्राविमा भौतिक संरचना निर्माण गर्नुका साथै विद्यार्थीको शैक्षिक उन्नयनमा सहयोग गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width