बस्ती जोगाउन शान्ति टोल सक्रिय

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७७
shanti tole

पोखरा । पोखरा १ स्थित शान्ति टोल विकास संस्थाले सेती नदी किनारको बस्ती संरक्षणमा लागेको छ । गत वर्षको वर्षाले शान्ति टोल क्षेत्रमा सेतीनदीले कटान गरी बस्ती नै जोखिम भएकोेले उत्त बस्ती संरक्षणको अभियानमा आफूहरु लागिपरेको संस्थाका अध्यक्ष विजयी शाहीले बताए ।

करिब २४ रोपनी क्षेत्रफलमा २ सय घर भएको सुकुमबासी बस्तीको संरक्षण गर्ने अभियान अन्तर्गत शुक्रबार डोजर लगायर बस्ती संरक्षणको लागि काम अघि बढाएको अध्यक्ष शाहीले बताए । सेतीनदीमा रहेको अव्यवस्थित ढुंगा बस्तीको संरक्षण गर्न डोजर लगायर ढुंगा बस्तीको छेउछाउमा राखिने उनले जनाए ।

उक्त सेती नदी किनारामा डोजर सञ्चालनका लागि पोखरा महानगरपालिकाले ३ दिनको मात्र समयसीमा दिएकोले महानगरको सीमाभित्र नदीमा असर नपर्ने गरी बस्ती संरक्षण गरिने भएको भएको अध्यक्ष शाहीले जनाए ।

१३ वर्षदेखि विभिन्न जिल्लाका मजदुरले शान्ति टोलमा आश्रयस्थल रुपमा बस्दै आएको हँुदा सेतीनदीको जोखिम उच्च रहेकोले थप बस्ती संरक्षणमा सरकारको ध्यान जानुपर्ने संस्थाका सल्लाहकार रामबहादुर अधिकारीले बताए । पोखरा महानगरपालिका वडा १ को अनुमति लिएर मात्र आफूहरुले बस्ती संरक्षणमा सेतीनदी खोलालाई असर नपर्ने गरी खेलौटे ढुंगा संकलन गरी बस्ती संरक्षण अभियानमा लागेको उनले बताए ।

यसैबीच, गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बराल (जीवन) ले शुक्रबार सेतीनदीको जोखिममा रहेको शान्ति टोलको बस्ती अवलोकन गरेका छन् । सेतीनदीबाट आवश्यकताभन्दा बढी प्राकृतिक स्रोत ढुंगा, बालुवा निकाल्दा सेतीनदीको गहिराइ बढेकोले बस्ती समेत जोखिम भएको हुन सक्ने सांसद बरालले बताए ।

२६ लाखको लागतमा ४ वटा शवदाहस्थल सहितको संरचना निर्माण कार्य हालै सुरु गरिएको गाईघाट शवदाह तथा चित्तास्थल निर्माण समिति अध्यक्ष ईश्वरीलाल श्रेष्ठले बताए ।

गत वर्षको वर्षादले गाइघाट जाने बाटो समेत भत्काएकोले हाल उक्त क्षेत्रमा बाटो सहितको शवदाह स्थल सहितको भौतिक संरचना निर्माण गर्न लागिएको उनले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width