नेत्रज्योति संघको स्थापना दिवसमा निशुल्क उपचार

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७७
eye himalaya 1

पोखरा । नेपाल नेत्रज्योति संघको ४२ औं स्थापना दिवस अवसरमा शुक्रबार हिमालय आँखा अस्पतालमा बिरामीको निशुल्क उपचार गरिएको छ ।

अस्पतालले ६० वर्ष उमेरमाथिका बिरामीको निशुल्क उपचार व्यवस्था मिलाइएको नेपाल नेत्रज्योति संघ कास्कीका सहसचिव गणेशबहादुर ढकालले जानकारी दिए ।

उनका अनुसार शुक्रबार अस्पताल आएका करिब ६ सय बिरामीमध्ये ६० वर्ष उमेरमाथिका ६५ जना वृद्धवृद्धाको आँखाको उपचार निशुल्क गरिएको हो ।

नेपाल नेत्रज्योति संघको स्थापना २०३५ साल चैत १३ मा भएको हो । स्थापना दिवस अवसरमा ‘अन्धोपन निवारण हाम्रो जिम्मेवारी, आँखा सेवामा गरौं साझेदारी’ नाराका साथ हिमालय आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ गण्डकी र कास्की शाखाले संयुक्त रुपमा सो कार्यक्रम गरेका हुन् ।

अस्पतालमा कामु प्रमुख मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले नेपालको पहाडी इलाका सञ्चालित हिमालय आँखा अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल रहेको बताइन् । उनका अनुसार

अस्पतालमा दैनिक करिब ४ सय जनाको हाराहारीमा बिरामी आउँछन् ।

कास्कीमा भने २०४२ सालमा नेपाल नेत्रज्योति संघको शाखा बिस्तार भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै