दमाैली । कोभिड सङ्क्रमणको जोखिम बढेपछि तनहुँमा सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको हो ।
फागुपूर्णिमाको अवसरमा सामूहिक रुपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई उक्त अनुरोध गरिएको हो । कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका कारण मानिसको आवतजावत बढिरहेकाले तनहुँ पनि जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले बताउनुभयो ।
बैठकले रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा सङ्क्रमणको अवस्थालाई विचार गरी राति १० बजेपछि बन्द गराउने निर्णय गरेको छ । बैठकले जात्रा, मेला महोत्सव, कन्सर्ट तथा भीडभाड हुने कार्यक्रम गर्न पनि रोक लगाएको छ । सबै स्थानीय तहले भारतलगायत तेस्रो मुलुकबाट आउने व्यक्तिको लगत राखी निगरानी गर्ने गराउने निर्णय पनि बैकले गरेको छ । रासस
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१