पोखरा । खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिको आयोजनामा हुने ‘प्रथम लेखनाथ खास्टे ताल महोत्सव २०७७’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरा २६ स्थित खास्टेताल र न्युरेनी तालको छेउमा चैत १२ देखि २२ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सोमबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।
तालको संरक्षण र संवद्र्धनसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पहिलो पटक खास्टे ताल महोत्सव तयारीमा स्थानीय जुटेका हुन् । महोत्सवमा स्थानीय कृषि उत्पादनलाई स्थान दिने भएको छ ।
महोत्सवमा १ सय १० वटा स्टल रहने मुल समारोह समिति संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिए । जसमा १० वटा स्टल माछासहित स्थानीय कृषि उत्पादनको मात्र हुने उनको भनाइ छ । आयोजकले महोत्सवबाट ९८ लाख ५० हजार आम्दानी र ९७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा पनि गरिएको छ । खास्टे ताल किनारको खरानेफाँटमा हुने महोत्सवमा बालउद्यानसँगै मनोरञ्जनात्मक गतिविधिसमेत हुनेछ ।
राष्ट्रिय संगीतकर्मी संघले व्यवस्थापन गर्नेछ । खास्टे ताल किनारमा सहकारीमार्फत पालिएको माछाको परिकारले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरिने छ । न्युरेनी ताल विशेष गरी चराचुरुंगी अध्ययन स्थलको रुपमा विकास गरिने उनको भनाइ थियो ।
मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेको ताल संरक्षणको लागि तत्कालीन लेखनाथ नगरपालिकाले माटोको ड्याम लगाएको थियो । तालको सीमांकन गरी ड्याम निर्माणपछि संरक्षणको पहल थालिएसँगै स्थानीयले सहकारीमार्फत व्यावसायिक माछापालन हुँदै आएको छ । तालमा ग्रासकार्प, कमन, रघु, नैनी, तिलपिया लगायतका माछा छन् ।
खास्टे र गुँदें तालबाट सहकारीले व्यावसायिक उत्पादन लिइसकेका छन् । पोखरा २६ अन्तर्गत लेखनाथ क्षेत्रका ३ वटा ताल एउटै वडामा छन् । गुँदे, खास्टे र न्युरेनी तालको संरक्षण अनिवार्य भइसकेको छ । रामसारमा सूचीकृत भइसकेको अवस्थामा ताल किनारमा पाइने जैविक विविधता संरक्षणलाई समेत महोत्सवले सहयोग पु¥याउने उनको विश्वास छ ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१