पोखरा । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण पदमार्गमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा अन्नपूर्ण आरोहण दिवस अर्थात् अन्नपूर्ण डे को अवसरमा म्याराथन आयोजना गरिएको हो ।
गतवर्ष भने कोभिड १९ का कारण कार्यक्रम हुन सकेको थिएन । यसपटक भने स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी अन्नपूर्ण म्याराथनसहित अन्नपूर्ण पर्यटन महोत्सवसमेत आयोजना गरिएको आयोजक समिति अध्यक्ष ललित गुरुङले जानकारी दिए ।
उनका अनुसार जेठ १८ देखि २० गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुनेछ । अन्नपूर्ण म्याराथन भने जुन ३ तारिख अर्थात् जेठ २० गते अन्नपूर्ण आधार शिविरबाट सुरु भई घान्द्रुकमा पुगेर टुंगिनेछ ।
सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हर्जोंगले पहिलोपटक अन्नपूर्णको सफल आरोहण गरेपछि अन्नपूर्ण हिमालको विश्वभरि नै चर्चा चुलिएको थियो । म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए भने दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले जितेका थिए ।
कार्यक्रमका लागि विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाबाट विनियोजन हुँदै आएको रकम यस वर्षमा पनि निरन्तरताका लागि सम्बन्धित निकायसँग समितिले अनुरोध गरेको छ ।
कोरोना महामारील पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्र धराशायी बन्दै गएको अर्थतन्त्रलाई माथि उकास्न पर्यटन क्षेत्रको पुनरुत्थान गर्न म्याराथन आयोजना गरिएको होटल व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष एवं अन्नपूर्ण म्याराथनका संयोजक किसम गुरूङले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१