पोखरा । मुक्तिनाथ विकास बैंकले फागु पूर्णिमाको अवसरमा होली सप्ताह अफर ल्याएको छ । यस अफरअन्तर्गत चैत ६ देखि १३ गतेसम्म मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोल्दा १ सयमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड प्राप्त गर्न सक्ने बैंकले सकिनेछ । तर यसका लागि ग्राहकले चैत १३ गतेभित्र फाराम भरिसक्नुपर्न बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
सोही अवधिमा खाता खोलेका ग्राहकले खाता खोलेको मितिले ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिंङको सुविधा निशुल्क प्राप्त गर्न सक्नेछन् ।
होली सप्ताह अफरसँगै ग्र्राहकले चाहेमा डिम्याट खाता निशुल्क खोल्न सकिने छ । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको सूचना अधिकारी गुरुङले स्पष्ट पारे ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कका जुनसुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था मिलाएको छ । यस्तै मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत सुविधा बैंकका शाखामा उपस्थित नभई घरबाट नै गर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१