चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ। बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो।
केन्द्रका प्रमुख मनिष विष्टका अनुसार प्रयोग भइराखेको उपकरण परिवर्तन गराउन द्रुतरूपमा काम अगाडि बढिरहेको र चार/पाँच दिनभित्र जडान सम्पन्न गरी पुनः यथावतरूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
विसं २०६० भदौ ८ गतेबाट उत्पादन शुरू भएको २२ मेगावाट उत्पादन क्षमताको विद्युत्गृहमा जडित उपकरण निकै पुरानो भएकाले बीचबीचमा पर्न सक्ने असरलाई मध्यनजर राखी उत्पादनकार्य निरन्तर सहज पार्न पुराना हटाई नयाँ उपकरण जडान गर्न थालिएको केन्द्र प्रमुख विष्टले जानकारी दिए।
छिटोभन्दा छिटो उपकरण जडान कार्य सम्पन्न गराउन कार्यरत प्राविधिक अहोरात्र खटिरहेका छन् । रु दुई अर्ब ६४ करोडको लागतमा निर्माण भएको चिलिमे जलविद्युत् आयोजनाको दुई हजार ८२६ मिटर हेडरेस सुरूङ रहेको बताइन्छ ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै
सुपर मादी हाइड्रो पावरको साधारणसभा, सेयरधनीलाई २ प्रतिशत लाभांश
विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपिओ बिक्री गर्दै
१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१