पोखरा । घरायसी झगडापछि बाबुको हत्या गरेको आरोपमा कास्कीमा एकजना पक्राउ परेका छन् । कास्कीको अन्नपूर्ण गाउँ पालिका ३ पाउँदुरकोट घर भई हाल पोखरा ३२ को महकुना बस्दै आएका ३४ वर्षे रामकृष्ण कामीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
उनका बाबु ५८ वर्षे जुमबहादुर कामीको आइतबार राति घरकै भर्याङबाट खसेर मृत्यु भएको भन्ने खबर आएपछि प्रहरीले बुझ्ने क्रममा शंका लागेपछि अनुसन्धान थालेको थियो । इलाका प्रहरी कार्यालय डाँडाको नाकको प्रहरी चौकीबाट खटिएको टोलीले छोरा रामकृष्णलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवाश हमालका अनुसार घरासयी झगडाका क्रममा रामकृष्णले बाबुबलाई ढोकामा लगाउने आग्लोले (गजबार) हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामकृष्णलाई कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१