काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु छ लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिश पठाई फुकुवा गरिदिने भन्दै घुस मागेको पाइएको छ ।
उनीहरूले द्रूततर गतिमा जग्गा पास गरिदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको पाइएको छ । आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले रु छ लाख घुस लिइरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित जर्गा होटलबाट पक्राउ गरिएको हो ।
उनीहरूलाई आयोगले शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए। आरोपीद्वयको अझै अनुसन्धान जारी रहेको आयोगको भनाइ छ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१