पूर्व विद्यार्थी मञ्च संगम मावि चन्द्रकोटको अध्यक्षमा नवीन

आदर्श समाज सम्वाददाता
माघ २५, २०७७
Sangam Ex Student_AGM Photo_4

अन्नपूर्ण । पूर्व विद्यार्थी मञ्च संगम मावि चन्द्रकोटको अध्यक्षमा नवीन गुरुङ चयन भएका छन् । शनिबार अन्नपूर्ण गाउँपालिकाको चन्द्रकोटमा भएको पहिलो अधिवेशनबाट उपाध्यक्षमा शिवभक्त देवकोटा, सचिवमा लक्ष्मीनारायण देवकोटा, कोषाध्यक्षमा आशबहादुर गुरुङ र सहसचिवमा चूडामणि देवकोटालाई चयन भए ।

सदस्यमा ताराप्रसाद गुरुङ, प्रेमप्रसाद चापागाई, सम्पूर्ण गुरुङ, दिनेश कुमार जिसी, आशबहादुर विक, सुनील देवकोटा र मनोज क्षत्री चयन भए ।
मञ्चका आजीवन सदस्य एवं विद्यालयका पूर्व शिक्षक एकदेव देवकोटाको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले उक्त नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । निर्वाचन मण्डलको सदस्यमा राजमान गुरुङ र नारायण क्षत्री थिए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले शिक्षाको स्तर माथि उकास्न विद्यार्थी संख्यामा भन्दा पनि शैक्षिक गुणस्तर वृद्धिमा जोड दिए । उक्त कार्यक्रममा संगम माविको भौतिक तथा शैक्षिक विकासका लागि मञ्च मार्फत् यसैवर्ष आर्थिक सहयोग गर्ने विभिन्न ३१ जना सहयोगदातालाई खादा र प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका ६, चन्द्रकोटस्थित संगम माध्यमिक विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुलाई संगठित गरी पारस्परिक भाइचारा सम्बन्धको अभिवृद्धि गर्ने उद्देश्यले २ वर्ष अघि मञ्च स्थापना भएको हो ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नं २० स्थित महेन्द्र माध्यमिक विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको रुद्रमधु गोविन्द अक्षयकोष…
  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…

hero news full width