पोखरा महानगरपालिकाले नगरभित्रका २ सय ८८ जना किसानलाई परिचयपत्र वितरण गरेको समाचार सम्प्रेषण भएको छ । महानगरको यो कार्यलाई मानिसले महत्वका साथ हेरेका छन् । किसनलाई परिचयपत्र दिने कुरा केही समय पहिलेदेखि चर्चामा थियो तर दिएको थिएन । नेपालमा नै पहिलो पटक यहाँ परिचयपत्र वितरण गरिएकाले यसको विशेष महत्व छ । महानगरले पहिलो चरणमा पशुपक्षी चालक किसानलाई परिचयपत्र वितरण गरेको जनाएको छ । जसअन्तर्गत ८ जना विशिष्ट कृषक, ५ उद्यमी कृषक, १३ व्यावसायिक कृषक, ९८ व्यवसायउन्मुख कृषक र १ सय ६४ जना साना व्यवसायी कृषक छन् ।
किसानको उत्थान गर्ने उद्देश्यले यो कदम चालिएको बुझिएको छ । कृषकलाई कृषि कर्ममा प्रोत्साहन गर्न सरकारले विभिन्न सुविधा उपलब्ध गर्दै आएको छ । तर त्यसरी उपलब्ध गर्ने सुविधा वास्तविक कृषकले पाउन नसकेको गुनासा धेरै आउने गरेका छन् । त्यस्ता सुविधा र अनुदान रकम समेत किसानको नाममा कार्यकर्ताले लिने गरेका छन् । परिचयपत्र व्यवस्थाले अनुदान रकम दुरुपयोग रोकिने विश्वास गरिएको छ । किसानको उत्थानको लागि तिनै तहका सरकार वचनबद्ध छन् तर वचनबद्धता कार्यरुपमा आउन सकेको छैन । कृषक अभैm पनि कहिले मल नपाएर पीडित भएका छन् भने कहिले उत्पादनको बजार नपाएर छट्पटाएर बस्नु पर्ने अवस्था छ । कहिलेकाहीँ उनीहरुले आफ्नो उत्पादन सडकमा मिल्काएर सरकारको ध्यानाकर्षण गर्ने गरेको सर्वविदितै छ । त्यसमा पनि सरकारले कहिले कृषिमा विदेशी लगानी भित्र्याउने कुरा गर्दछ भने कहिले चीनबाट १० लाख गाई ल्याउने गर्दछ । यस्ता प्रत्येक कुराले कृषकको निंद हराम गर्दछ । उनीहरुले निर्धक्कसँग काम गर्न पाएका छैनन् । मौसमले पनि उनीहरुलाई धेरैजसो साथ दिँदैन । कहिले अतिवृष्टि र कहिले अनावृष्टको शिकार हुनु परेको छ । प्रतिकूल वातावरणमा पनि कृषक आप्mनो काममा लागिरहेका हुन्छन् । त्यो उनीहरुको विशेषता हो ।
उनीहरुको अर्काे आवश्यकता वीमा हो । कृषिमा पूर्णरुपले वीमा व्यवस्था लागू गर्नु आवश्यक छ । ढिलै भए पनि किसानलाई परिचयपत्रको व्यवस्था भएको छ । यो राम्रो सुरुवात हो । अहिले यो पशुपक्षीपालक कृषकलाई वितरण गरिएको छ भने क्रमशः यसको दायरा बढाउँदै लैजानु पर्दछ । छिट्टै सबै किसानलाई यो परिचयपत्र वितरण गरिनु पर्दछ । यो वितरण गर्ने क्रममा विशेष ध्यान दिनुपर्ने देखिन्छ भने अनुदान रकम वितरण गर्ने बेलामा जस्तै यसमा दुरुपयोग हुनु भएन । सक्कली किसानको हातमा परिचयपत्र पर्नेमा हामी जोड दिन चाहन्छौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१