म्याग्दी, १० पुस । विद्युतगृहको जेनेरेटर बिग्रिएपछि मालिका–४, च्यूरीबोटमा सोमबारदेखि विद्युत सेवा बन्द भएको छ । च्युरिबोटस्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युतगृहको जेनेरेटर बिग्रिँदा विद्युत आपूर्ति बन्द भएको हो।
दाजुङ खोला लघुजलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समिति अध्यक्ष नन्दबहादुर घर्तीले मर्मत गर्न जेनेरेटर पुरानो भएको र आर्थिक समस्याका कारण विद्युत सेवा सुचारु हुन अझै केही समय लाग्ने बताए । उनका अनुसार असारयता ६ पटक जेनेरेटर मर्मत गरिएको छ।
विद्युत सेवा अवरुद्ध हुँदा करिब ४ सय घरधुरी यतिबेला अन्धकारमा बस्न बाध्य भएका छन् । बिजुली अभावमा टिभी, कम्प्युटर मोवाइल लगायत विद्युतीय सञ्चार सामग्री अवद्ध भएका छन्।
२०५७ सालदेखि उत्पादन सुरु भएको ३० किलोवाट क्षमताको जलविद्युत परियोजनाबाट वडा ३, खतेन सहित ओखरबोट, च्यूरिबोट, महभीर र छाप करिब ४ सय बढी घरधुरीले सेवा लिँदै आएका छन् ।
सो लघुजलविद्युत परियोजनाबाट ५५ घरधुरीले खेतीका लागि सिँचाइ गर्दै आएका छन् भने एक पानीमिल समेत सञ्चालित छ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै
सुपर मादी हाइड्रो पावरको साधारणसभा, सेयरधनीलाई २ प्रतिशत लाभांश
विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपिओ बिक्री गर्दै
१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१