पोखरा । पोखरा महानगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन सुरु भएको छ । बुधबार पोखरा महानगर नगरपालिका ४ का वडाध्यय शंकरप्रसाद बास्तोलाको तथ्यांक संकलन गरेर राष्ट्रिय परिचयपत्रका लागि काम सुरु भएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटर लगायतका आवश्यक उपकरणहरु राखेर काम सुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचय पत्र रुजु अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।
वडाध्यक्ष वास्तोलाले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्नसक्ने बताए । जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य रहेको उनले बताए ।
‘अनेकन परिचय पत्र (लाइसेन्स, प्यान कार्ड, विवाह दर्ता) अब बोक्नु पर्दैन,’ उनले भने, ’अब पाइने राष्ट्रिय परिचय पत्रमा यी सबै सबै परिचय पत्रमा उल्लेख गरिएका सबै विवरण हुन्छ ।’
राष्ट्रिय परिचय पत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचय पत्रमा भएका विवरणहरु ’रिडेबल मेसिन’ मार्फत हेर्न सकिन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणमा तथ्यांक संकलन सुरु गरिएको राष्ट्रिय परिचय पत्र रुजु अधिकारी लामिछानेले जानकारी दिए । पहिलो चरणमा ५ वटा वडाबाट सुरु गरिएको बताउदै आइतबारबाट वडा नम्बर ६ देखि दोस्रो चरण सुरु गरिने उनले बताए ।
Related News
सम्बन्धित समाचार
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१