छोरेपाटन माविको ४२ औं अभिभावक दिवस

आदर्श समाज संवाददाता
पौष १७, २०७७
chhorepatan school news

पोखरा । छोरेपाटन माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयको शैक्षिक प्रगति उत्कृष्ट रहेको र भौतिकरुपमा पनि विद्यालयले धेरै अगाडि पुगेको बताए । साथै विद्यालयले डेभिज फललाई संस्थागत गर्न नसक्दा स्वामित्वको विषयमा विवाद आएको बताए ।

कार्यक्रममा प्रअ डिल्लिराम शर्माले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना, लेखा अधिकृत छविलाल पनेरुले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा दाताराम सरस्वती स्मृति पुरस्कार अक्षयकोष छात्रवृत्ति कोषका दाता लक्ष्मण बास्तोला र विश्वामित्र स्मृति पुरस्कार अक्षयकोषका दाता शिक्षक झरिमाया ढुंगानालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाको कार्यकारी सदस्य एवम् विव्यस सदस्य राधिका योगी शाही, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गंगालाल सुवेदी, सल्लाहकार एवं पूर्व विव्यस अध्यक्ष खड्गबहादुर शाही, निवर्तमान प्रअ लक्ष्मण थापा, शिक्षक अभिभावक संघका अध्यक्ष रविलाल शर्मा, नेकपाका सुभाष ढुंगाना, नेपाली काँग्रेसका देवराज आचार्य, विद्यार्थी यामबहादुर रोकालगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रअ खेमराज बराल (ध्रुब) र संचालन सहायक प्रअ मेघनाथ पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width