पोखरा । गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापा नेकपा गोरखाका जिल्ला अध्यक्ष हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेपछि उनी सडक आन्दोलनमा छन् । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत भएकोले उनलाई नेकपाको एकीकृत पार्टीमा अध्यक्षको जिम्मेवारी दिइएको हो । मंसिर १२ गते प्रचण्ड माधव समूहले घोषणा गरेको जिल्लास्तरीय भेलामा थापाले वर्तमान सरकारले गरेको संसद विघटनको विरोध मात्रै गरेनन्, नाराबाजीको नेतृत्व समेत गरे ।
उनले पार्टी एकताको मागसहित प्रधानमन्त्रीको कदमविरुद्ध चर्का नारा घन्काए । सोमबार भएको जिल्लास्तरीय आन्दोलनको नेतृत्व पनि उनैले गरे । वैधानिक रुपमा एउटै देखिए पनि व्यावहारिक रुपमा उनी सहितको एक समूहको नेकपा संसदबाट फुटिसकेको छ । गण्डकीमा नेकपाका हाल दुई संसदीय दल बनेका छन् । छुट्टाछुट्टै बैठक र छुट्टाछुट्टै निर्णय पनि भएको छ । तर सरकारमा भने दुवै नेकपा एक ठाउँ छ । थापाको समूहले सरकारलाई समर्थन गर्ने बताइरहँदा अर्को समूहबाट बनेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि मन्त्रीहरुलाई बर्खास्त नगर्ने मोडमा छन् ।
‘जनताको तर्फबाट म मन्त्रीको भूमिकामा छु । पार्टीको हिसावले म जिल्ला अध्यक्ष हो । परिस्थिति अनुसार भूमिका पूरा गरेको छु,’ मन्त्री थापाले भने, ‘विचार, राजनीति र संगठनका रुपमा गाह्रो त भैहाल्छ । तर सहज रुपमै लिनुपर्ने छ ।’
उनले प्रतिनिधिसभा विघटन अघि र पछि पनि गण्डकी प्रदेश सरकारको व्यवहारमा कुनै फरकपन नभएको बताए । ‘पार्टी पहिले छुट्टै थियो, विचार मिलेको थियो । अहिले पार्टी एकै छ, विचार र दृष्टीकोण फरक प¥यो,’ उनी भन्छन्, ‘हामी केन्द्र सरकारको गतिविधिको विपक्षमा छौं, गण्डकी सरकारको होइन । अहिलेसम्मको स्थितिमा ओली समूहका भनिएका साथीहरुको व्यवहारमा कुनै परिवर्तन देखेको छैन । मिलेरै चलेका छौं ।’
गण्डकी प्रदेशमा तत्कालीन नेकपा एमाले र माओवादीको बाम गठबन्धनबाट दुई तिहाई बहुमत सांसदहरु निर्वाचित र मनोनित भए । पार्टी एकीकरण नभए पनि चुनावी तालमेल सरकार गठनमा समेत देखियो । पूर्व माओवादी केन्द्रका २ मन्त्रीलाई समेटेर ७ सदस्यीय मन्त्रीपरिषद् गठन भएको हो । पूर्व एमालेका मुख्यमन्त्रीसहित ५ मन्त्री छन् । पार्टी एकीकरणपछि संयुक्त सरकार एउटै पार्टीको बनेको हो ।
हामी केन्द्र सरकारको गतिविधिको विपक्षमा छौं, गण्डकी सरकारको होइन । अहिलेसम्मको स्थितिमा ओली समूहका भनिएका साथीहरुको व्यवहारमा कुनै परिवर्तन देखेको छैन । मिलेरै चलेका छौं ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान चित्त नबुझेको विषयमा फरक मत राखेरै अघि बढ्ने बताउँछन् । ‘तीनवटा सरकार अलग अलग हो । पार्टी मातहत होला, तर सरकार फरक छ । संघ सरकारले गरेको गलतको विरोध प्रदेश सरकारले गर्न पाउँछ,’ उनले भने, ‘प्रधानमन्त्रीको निर्णयले सबैलाई कालो टिका लाग्यो, त्यो त पखाल्नै प¥यो भनेर सडकमा गएका हौं ।’
उनले सरकार सञ्चालनमा भने कुनै विमती नरहेको बताए । मुख्यमन्त्रीसँग विवादित विषयमा दुवै पक्षले नबोल्ने सहमति भएको चुमानले सुनाए । ‘तपाईंले बोलेपछि मैले पनि बोल्नुपर्छ । तपाईंले समर्थनमा बोल्नुपर्छ, मैले विरोध गर्नुपर्छ भनेर मुख्यमन्त्री ज्यूलाई भनिसकेको छु । आन्तरिक रुपमा विवादका कुरा नबोलौं भनेर सहमति भएको छ,’ उनले भने, ‘फरक ञ्न्चबाट त वहाँले प्रधानमन्त्रीको समर्थन गर्न पाउनुभयो । मैले विरोध गर्न पाएँ नि !’ सरकार सञ्चालनमा बाधा भए आफूहरु राजीनामा दिन तयार रहेको उनको भनाइ छ । ‘हामी त सडकमा नि जानैप¥यो । त्यहाँ गएर अरु भन्दैनौं, अलोकतान्त्रिक कदमको विरोध गर्छौं,’ उनले थपे, ‘त्यसो भन्दा मुख्यमन्त्री ज्यूलाई अप्ठेरो पर्छ भने राजीनामा माग्नुस् भनेको छु । राजीनामा मागे म राजीनामा दिन तयार छु । तर उहाँले राजीनामा माग्दिन भन्नुभएको छ ।’ आफू अझै पनि एकताकै पक्षमा रहेकोले संयमित भएर समस्या समाधानमा लाग्नुपर्ने उनी बताउँछन् ।
विभाजनपछि प्रदेशमा गठन भएको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले संसदमा छुट्टै दलको हिसाबले उपस्थित हुने निर्णय गरेको छ । आइतबार दुवै समूहको संसदीय दलको बैठक बस्यो । दुवै समूहको बैठकमा फरक–फरक उपस्थिति थियो । पूर्व एमालेहरु एकै ठाउँमा रहे पनि पूर्व माओवादीको क्याम्पमा पूर्व एमालेका असन्तुष्ट माधव कुमार नेपाल निकट एक सांसद मिसिए ।
अहिले गण्डकीमा ओली समूहका २७ सांसद एककठ्ठा भएका छन् भने प्रचण्ड–नेपाल समूहका १२ सांसद (सभामुख बाहेक) छन् । सभामुख नेत्रनाथ अधिकारी तत्कालीन माओवादी केन्द्रको टिकटबाट विजयी भएका हुन् । दुवै समूहको विवादलाई विपक्षी दलहरुले भने चुपचाप हेरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१