कस्केली तमुहरुले सामूहिक लाेसार मनाए

आदर्श समाज संवाददाता
पौष १६, २०७७
samuhhika lho

पोखरा । तमुहरुको महान चार्ड, नयाँवर्ष तमु(ल्वों)ल्होछार/ल्होसार कस्केली तमुहरुले बिहीबार सामूहिक रुपमा मनाएका छन् ।

सामुहिक तमु ल्वों ल्होछार/ल्होसार आयोजक समितिले पोखरा ९ नयाँबजारमा अवस्थित तमु धिं नेपालमा शुभकामना आदान प्रदान, साँस्कृतिक कार्यक्रम, चियापान र खुल्ला छेलो प्रतियोगिता गरी ल्होछार/ल्होसार मनाएका हुन।

पुस १५ गतेसम्म आफ्नो आफ्नो संस्था र समाजहरुमा ल्होछार/ल्होसार मनाएका एक दर्जन बढी संस्थाहरुले तमु कलाकार संघ गण्डकी संयोजक र गुरुङ फिल्म एशोसियसन नेपाल सहसंयोजक र अन्य संस्थाहरु आयोजकका रुपमा सामुहिकतामा ल्होछार/ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका हुन।

कार्यक्रमको प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए। शुभकामना व्यक्त गर्दै गुरुङले तमुहरुको एकता एवम ल्होछार पर्वले जातिय पहिचान संरक्षित र हकाधिकार सुनिश्चित हुने दावी गरे। अब तमुहरु सबै क्षेत्रमा उत्कृष्ठ हुनुपर्ने उनको भनाई थियो। प्रमुख अतिथि गुरुङले तमु संघसंस्थाको ऐतिहासिकता र ल्होछारको महत्व बारे चर्चा गरेका थिए।

कोभिड १९ कोरोना भाइरसको संक्रमणलाई मध्य नगर राख्दै सिमित संख्यामा सहभागी भई सम्पन्न गरिएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, मादी गाँउपालिका अध्यक्ष बेदबहादुर गुरुङ श्याम, राष्ट्रिय परिषद बोर्ड सदस्य राजेश गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश उपाध्यक्ष दिलमाया गुरुङ, आदिवासी जनजाति महासंघ कास्की अध्यक्ष धर्म गुरुङ, नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुन मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

आयोजक समितिका संयोजक सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक भोजबहादुर गुरुङले स्वागत र तमु कलाकार संघका शंकर विरही गुरुङले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रमलाई चर्चित लोक दोहोरी गायिकाले गीत प्रस्तुत गर्दै सबैलाई नचाएका थिए भने टसबहादुर गुरुङ, गजेन्द्र गुरुङ सँग पालैपालो दोहोरी गाउदै वातावरणलाई अत्यन्तै मनोरञ्जनात्मक बनाएकी थिइन्। यसरी नै नेत्र गुरुङ, राजबहादुर गुरुङ, डबिन गुरुङ, उषा गुरुङ, कर्णेल लालबहादुर गुरुङ लगायतले गीत प्रस्तुति र हिमाली साँस्कृतिक परिवारका कलाकारहरुका साथै स्मृति र मालिमा गुरुङको नृत्यले ल्होसारलाई रमाइलो बनाएको थियो।

कार्यक्रममा गुरुङ साहित्यीक मञ्चका महासचिव रोशनी गुरुङ, सचिव तुलबहादुर गुरुङ, तेजबहादुर च्हाक्ली तमु र नादा तमु समाजका अध्यक्ष चेतबहादुर गुरुङले कविता मुक्तक वाचन गरेका थिए।

यसरी नै सामुहिक ल्होछार/ल्होसारमा मादी गाँउपालिका अध्यक्ष बेदबहादुर गुरुङ श्यामका स्वर्गीय बाबा टेकसाई गुरुङको स्मृतिमा आयोजित खुल्ला छेलो रोहित सुनार प्रथम, कुमार सुनार द्धितिय र राजेश गुरुङ तृतिय हुदै क्रमशः १२ हजार, ८ हजार र ५ हजार रुपैय सहित पुरस्कृत भए। विजेताहरुलाई पुरस्कार प्रायोजक बेदबहादुर गुरुङ श्यामसहित तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङ, बौद्ध अर्घौ सदन अध्यक्ष क्या.भुवनसिं गुरुङ, तमु ह्युल छोंज धिं प्रदेश उपाध्यक्ष दिलमाया गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय…
  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…

hero news full width