पोखरा । प्रतिनिधि सभा सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएर अराजकतातर्फ धकेल्न खोजिएको बताएका छन् ।
लेखनाथ सामुदायिक सेवा केन्द्रको सातौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा सांसद अधिकारीले राष्ट्रिय अखण्डताको पक्षमा उभिएको केपी ओली सरकारलाई चौतर्फी रुपमा राजनीतिक घेराबन्दी गरिएको आरोप लगाए ।
उनले पार्टी भित्र र बाहिरबाट सरकारलाई असफल बनाउन आक्रमण भएको उल्लेख गर्दै, राजनीतिक अस्थिरता निम्त्याएर फाइदा लिने तत्वहरु सक्रिय भएको समेत बताए ।
सांसद अधिकारीले नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्ध रक्षाका लागि सबै दलहरु एक ठाउँ हुनुको विकल्प नभएको उल्लेख गर्दै, अहिले राजावादीहरु सलबलाई रहेको बताए ।
उनले राजावादीहरु जतिसुकै सडकमा आए पनि राजतन्त्र फर्किनै नसक्ने ठोकुवा गरे । राजनीतिक इमान्दारिता नहुँदा युवापुस्तामा नैरास्यता छाएको उनको भनाइ थियो । सांसद अधिकारीले समाजमा विभिन्न अपराध गरेकाहरुलाई छुटाउने नभइ तिनका विरुद्ध खबरदारी गर्न सामुदायिक सेवा केन्द्रलाई आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले विकास र सामाजिक संघसंस्थामा राजनीतिले प्रभाव पार्न नहुने उल्लेख गरे । उनले कोभिड १९ को प्रभावबाट बाहिर निस्केर विकास निर्माणलाई गति दिनु पर्नेमा जोड दिए ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामाजिक विकृतिविरुद्ध चलाइने अभियानमा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सर्वसम्मत चयन भएको नेतृत्वले समाज सुधारमा पनि सवैको मन जित्न सफल हुनु पर्ने शुभकामना व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष त्रिलोचन लामिछानेले विगतमा गरिएका राम्रा कामलाई निरन्तरता दिँदै, विकृति र विसंगती विरुद्धका सचेततामूलक कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे ।
निर्वाचन समितिका संयोजक राममणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कास्की जिल्ला सचिवालय सदस्य शंकर पौडेल, नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य राजेन्द्रमणि लामिछाने, इलाका प्रहरी कार्यालय डाडाँको नाकका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाट, निर्वाचन समितिका सदस्य नवराज सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सेवा केन्द्रको चौधौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट अध्यक्षमा त्रिलोचन लामिछाने, उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुंगाना, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा गंगाकुमारी खनाल, सहसचिवमा हरि बस्ताकोटी र सदस्यहरुमा गणेश ढुंगाना, दिपक भण्डारी, बुद्धिमाया थापा मगर, बुद्धिसागर पौडेल, सुरजजंग राणा, शिवबहादुर रानाभाट, विनोद थापा र राजु अधिकारी निर्विरोध निर्वाचित भएका थिए ।
केन्द्रले साविक लेखनाथ र रुपा गाउँपालिकालाई कार्यक्षेत्र बनाई विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१