लेखनाथ सामुदायिकमा भागबन्डामा कार्यसमिति

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७७
tirlochana lamichhana – Copy

लेखनाथ । लेखनाथ सामुदायिक केन्द्र एवं सामुदायिक प्रहरी सेवाको १४ औं साधारण सभा एवं सातौं अधिवेशनले त्रिलोचन लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

राजनीतिक भागबन्डा आधारमा कार्यसमिति चयन गरिएको हो । अध्यक्षमा चयन लामिछाने यसअघि २ पटकसम्म सचिवको जिम्मेवारी सम्हालेका हुन् । उनी लामो समयदेखि सामुदायिक सेवा केन्द्रमा सेवारत् थिए ।

समितिको उपाध्यक्षमा एलपी ढुंगाना, सचिव कृष्णप्रसाद अधिकारी, सहसचिव हरि बस्ताकोटी र कोषाध्यक्षमा गंगा खनाल रहेकी छन् । ढुंगाना र खनाल पुनः सोही पदमा निर्वाचित हुँदा अधिकारी र बस्ताकोटी यसअघि कार्यसमिति सदस्य थिए ।

सदस्यमा गणेश ढुंगाना, सुरजंग राणा, दीपक भण्डारी, राजु अधिकारी, बुद्धिमाया थापामगर, बुद्धि पौडेल, शिवबहादुर रानाभाट र विनोद थापा रहेका छन् ।

कोरोना महामारीका कारण स्वास्थ्य सचेतना अपनाउँदै गत मंसिर २४ देखि सुरु साधारणासभाका लागि प्रतिवेदन र हस्ताक्षर संकलन गरी शनिवार अधिवेशनमार्फत नयाँ समिति चुनिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width