काठमाडौँ, २० मङ्सिर । पछिल्लो २४ घण्टामा छ हजार ७४ नमूना परीक्षण गर्दा थप एक हजार २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा ६२२ पुरुष र ४०२ महिला छन् । आजसम्म कूल सङ्क्रमित दुई लाख ३९ हजार ८८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यस अवधिमा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । यससहित कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २४ हजार ५३ पुगेको छ । कोरोना सङ्क्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ५७७ पुगेको छ ।
हाल देशभर १४ हजार २५५ सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । त्यसमध्ये ४५ जना भेन्टिलेटर, ३१२ जना आइसीयू र नौ हजार २६३ जना घरमै एकान्तवासमा छन् ।
काठमाडौं उपत्यकामा ४६० सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौँका ३४९, ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् । नुवाकोटका ४६, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेपलाञ्चोकका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५र१५, सिन्धुली र बाग्लुङका १४र१४, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११र११, तनहुँ र बर्दियाका नौरनौ, धादिङका आठ, दोलखाका सात र इलामका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी नवलपरासी र पाल्पाका पाँचरपाँच, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका चाररचार, सर्लाही, दैलेख, दार्चुला र बैतडीका तीनरतीन, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका दुईरदुई तथा उदयपुर, ओखलढुङ्गा, खोटाङ, अर्घाखाँची र गुल्मीका एकरएक जनामा सङ्क्रमण देखिएको छ ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१